लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१५ मा पशु स्वास्थ्य सेवा शिविर सम्पन्न, १ सयबढी पशुपालक लाभान्वित

IMG

तिलोत्तमा,२०८० फाल्गुण २७ गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका-१५ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशु शाखा मधवलियाको प्राबिधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा १ सयभन्दा बढी पशुको उपचार गरिएको हो ।शिविरमा बाख्रा, कुखरा, गाई, भैँसी र कुकर लगायतका पशुको निःशुल्क उपचार, औषधि, भ्याक्सिन र परामर्श गरिएको तिलोत्तमा नगरपालिका–१५ का वडा अध्यक्ष खेमराज गुरुङले बताउनुभयो । शिविरमा पशुमा बढी जसो देखिने जुका, नाम्ले, रुघाखोकी, भिटामिन, घाउखटिरा, जुम्रा रेबिज लगायतका उपचार तथा औषधि १ हजार भन्दा बढी पशुलाई निःशुल्क वितरण गरिएको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।


वडा सचिव मान बहादुर खातीको संचालनमा भएको शिविरमा प्रजनन समस्या सम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या लगायतका विभिन्न रोगहरुको औषधिहरु समेत वितरण गरिएको पशु शाखा तिलोत्तमाका प्रमुख राजु कुँवर मगरले बताउनुभयो ।बाख्रा, कुकुर,गाईभैसीको छाला सम्बन्धी रोग, गोबर परीक्षण, थुनेलो परिक्षण गरिएको उहाँले बताउनुभयो । व्यवसायिक रुपमा दर्ता भएका तिलोत्तमाको मधवलियाका पशुपालक कृषकहरुलाई सम्मान समेत गरिएको सो कार्यक्रममा पशु चिकित्सक डा.लक्ष्मण घिमिरे सहितको प्राविधिकको टोलिले शनिबार बिहान ९ बजेबाट बेलुका ५ बजेसम्म सेवा दीईएको थियो। वडाध्यक्ष खेमराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु क्षितिजा पौडेल,घनश्याम थापा मंगल,कल्पना भण्डारी पासी, सोहरत प्रसाद चौधरी, कृषि अधिकृत दोमलाल भुसाल, पशु प्राविधिक मधवलियाका प्रमुख महेश गौतम,गोविन्द खनाल,त्रिविक्रम न्यौपाने,बिनोद अर्याल, प्रदिप कंडेल,झबिन्द्र अर्याल,प्रतिक भण्डारी लगायत वडाका स्थानीयहरुको उपस्थितिमा पशु शिविर सम्पन्न भएको थियो ।  

कमेन्ट गर्नुहोस्