लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देउवाले नेपाललाई भने- प्रधानमन्त्रीले धोका दिए सँगै मिलेर जाऔं

tillotmacitynews - 2024 Mar 06 03:28 PM
IMG

तिलोत्तमा सिटी,२०८०  फागुन २३ गते ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले 'प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ' भनेका थिए ।


यसको जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिए । माधव नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ' यसबारे आजको बैठकमा कुरा राखेर छलफल गर्छौं । के हुन्छ अनि मात्रै भन्न सकिन्छ ।' मंगलबार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।


नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने/नहुने विषयलाई टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

कमेन्ट गर्नुहोस्