लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लायन्स कल्व अफ तिलोत्तमाले गर्यो पार्किङ्कस्थल हस्तान्तरण

tillotmacitynews - 2024 Mar 05 08:53 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २२ गते । लायन्स कल्व अफ तिलोत्तमाले मँगलबार एक कार्यक्रमको आयोजना गरी निर्माण सम्पन्न मोटरसाइकल पार्किङ्गस्थल विश्वशान्ति सामुदायिक आधारभूत विद्यालय तिलोत्तमा ९ लाई हस्तान्तरण गरेको छ । क्लवले विधालयको सुन्दरता कायम साथै  सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्य गरेको र आगामी दिनमा पनि यस्ता कार्य गर्दै जाने लायन्स क्लव अफ तिलोत्तमाका अध्यक्ष खेमराज ढकालले बताए ।  


लायन्स इन्टरनेशनल डिष्ट्रिक वर्ष ०२३ / ०२४ का गभर्नर पिएम जेअप लायन अर्जुनमान सैजुको प्रमुख आतिथ्य एवं तिलोत्तमा वडा न ९ का अध्यक्ष ध्रुव न्यौपानेको विशिष्ट अतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका अध्यक्ष हरि पाण्डे, प्रअ डोलराज पाण्डे, संस्थापक प्रध्यानाध्यापक तथा लायन्स क्लब अफ तिलोत्तमका प्रथम उपाध्यक्ष दिपेश पाण्डे, लायन्स इन्टरनेशनल वर्ष ०२३÷२४ का  सेकेण्ड भाइस गभर्नर बालाराम भट्टराइ लगाएतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्