लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गाउँपालिकामा १३ करोडको योजना सम्झौता

tillotmacitynews - 2024 Mar 03 11:14 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २०  गते । कपिलवस्तुको विजयनगर गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक विकासका लागि पालिका र गैरसरकारी संस्थाबिच सम्झौता भएको छ ।  गाउँपालिकाको २० प्रतिशत र सेचेन करुणाबिच १३ करोडको कार्यक्रम सम्झौता भएको पालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले पालिका र संस्थाबिचको साझेदारीमा शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन, सरसफाइ, सामाजिक विकास, खाद्य सुरक्षासम्बन्धी कार्यक्रम गरिने बताउनुभयो । 


उहाँले परियोजनाले प्रारम्भिक बाल विकास तथा शिशु स्याहार, प्रारम्भिक कक्षा पठन विकास, वालमैत्री कक्षा कोठा व्यवस्थापन, विद्यालयको सिकाइ वातावरण सुधारका क्षेत्रमा समेत काम गरिने बताउनुभयो ।  ग्रामीण बस्तीका विपन्न बस्तीलाई लक्षित गर्दै स्वच्छ पिउने पानीको व्यवस्था, लघु उद्यमको विस्तार, कृषि तथा पशुपालनतर्फ आकर्षण बढाउने उद्देश्यले नेपाल एकीकृत विकास परियोजना–२ सम्झौतामा उल्लेख गरिएको छ । 


सेचेन करुणाका कार्यक्रम निर्देशक सुनिता शर्माले योजना सञ्चालन गरी गाउँपालिकाको विकासमा टेवा पुगाउने बताउनुभयो । अप्रिल १ गतेदेखि सञ्चालन हुने कार्यक्रमको अवधि २ वर्ष ९ महिना रहने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्