लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको बनबाटिकामा पाण्डा रेल शुरु, रमाइलो यात्रा हुने

IMG

तिलोत्तमा,२०८० फाल्गुण १७ गते।आन्तरिक तथा बाह्य पर्यटनको आधार बनिरहेको रुपन्देहीको तिलोत्तमा-२ मा अबस्थित शंकरनगर बनबिहार तथा अनुसान्धान केन्द्र शंकर नगर बनबाटिकामा बिग पाण्डा ट्रेन शुरु भएको छ।  बच्चा देखि बृद्ध बृद्धा सम्म चढेअ शयर गर्न मिल्ने सो पाण्डा रेलमा ५ डब्बा सहित १५ जना सम्म अटाउने सिट छ। हाललाई २ वटा मात्र लस्कर सहितको रेल ल्याइएको रेल व्यवस्थापन संयोजक प्रकाश ज्ञवालीले बताए। बनबाटिकामा पछिल्लो समय दर्शक र पर्यटकहरुको नयाँ नयाँ माग अनुसार सो पाण्डा रेल भित्र्याइएको पार्कका अध्यक्ष बेल प्रसाद शर्माले बताए। निश्चित समय र रकम लिजमा सो रेल संचलान गर्न दीइएको छ, आशा छ सबैले यसमा यात्रा गरेर पक्कै पनि मनोरंजन लिनुहुनेछ - अध्यक्ष शर्माले भने। 


२ हर्जपावरको ब्याट्री सहित ८ घण्टा चार्ज गरे ११० किलोमिटर हिड्ने सो रेल भारतीय प्रबिधिबाट बनेको हो। करिव ३ओ लाखको लागतमा २ वटा रेल संचालन गर्न कम्पनीले बनबाटिकामा राखेको हो।करिव २ किलोमिटरको शयरमा टिकटको व्यवस्था गरि संचालन गरिने संचालक लेखनाथ न्यौपानेले बताए। बालबालिकाहरुको लागि बिशेष ल्याइएको सो रेलमा सबै उमेरका मानिसहरुले बस्न सक्ने उनको भानैई छ। आज एक बिशेष कार्यक्रमको आयोजना गरि बनबाटिकाका अध्यक्ष बेल प्रसाद शर्माले सो रेल उद्घाटन गरेका हुन्।  शर्मा संगै उपाध्य्क्ष खिमलाल पाण्डे, संयोजक प्रकाश ज्ञवाली, मनिराम भटराई , तिलोत्तमा वडा नम्बर १ का सदस्य गीतादेवी सापकोटा, कमला पाण्डे लगायतको उपस्थितिमा रेल संचालन शुरुवात गरिएको थियो।   

कमेन्ट गर्नुहोस्