लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको गोरकट्टामा यात्रुलाई सास्ती,स्थानिय प्रहरी र बोर्ड बिना चेक,ट्राफिक रकम असुल्दै

IMG

तिलोत्तमा,२०८० फाल्गुण १७ गते। ट्राफिक प्रहरी कार्यालय मंगलापुरको टोलीले आज तिलोत्तमाको मणिग्राम नाका गोरकट्टामा सवारी चेकजांच गरेको छ। तिनाउ पुलमा गरिएको चेकजाँचमा खटिएका रुस्तम यादव सहितको ३ जना टोलीले पश्चिम मोतिपुर र पुर्व मणिग्रामबाट आवाज जावत गरेका यात्रुहरुको सवारी जांच गरेका हुन्। बिना चेकपोस्ट बोर्ड स्थानिय प्रहरी ( अस्थायी प्रहरी पोस्ट गोरकट्टा ) लाई जानकारी नदिई ट्राफिक कार्यालयका प्रहरीद्वारा चेक गरिएको थियो। 


मणिग्राम गोरकट्टा चोक र मोतिपुर नाका पश्चिममा संचारकर्मीको टोली खाती गरिएको गाडी धनीहरुको सोधपुछमा स्थानिय सवारीधनीहरूले ट्राफिकले सास्ती दिएको बताएका छन्। बेलामा सडक निर्माण नभएको धुलो र धुवामा हिडिरहन बाध्य सवारी धनीहरु ट्राफिकको सास्तीका कारण झन् मर्कामा परेका छन। आफ्नो नाम नबताउने शर्तमा एक सवारी धनीले बिलबुक र लाइसेन्स छुट भएको या म्याद सकिएको मौका पारी रकम असुलेको समेत बताए। चिट नकाट्ने तर केहि रकम दिए छाडिदिने भन्दै चेक जांचमा बसेका ट्राफिक प्रहरीले रकम असुलेको उनको भनाई छ। संचारकर्मीको एक टोलीले सो चेक जांच भएको भन्दा फरक स्थानमाबसी आवत जावत गर्ने यात्रीहरुलाई सोधिएको प्रश्नमा पहिला बोल्न खोजेनन, तर नाम नबताईदिने शर्तमा यात्रुहरु खुलेर सो कुरा बताएका हुन्। 


यसअघि पनि केहि स्थानियहरुको रिपोर्टिंगको आधारमा संचारकर्मीहरु पुग्दा चेक जांच रोकी ट्राफिक प्रहरीहरू कार्यालय फर्किएका थिए।करिव १४ वटा मोटरसाइकल , स्कुटी तथा ट्रक रोकेर सोधिएको स्टिंगअपरेशनमा ४ जनाले केहि रकम दिएर आअफ़ुहरु गन्तव्यमा आउन पाएको बताएका थिए। यो बाटो खासै चेक नहुने भएकाले हतारमा हिड्दा कागज पत्र बिर्सिनेहुनाले चेक जांचमा परिएको अर्का एक सवारीयात्रुले बताए। गल्ति नै भएको भए नियमानुसार कारबाही हुनुपर्ने हो तर सरकारमा जाने राजश्वलाई मिलेमतोमा चुहावट गर्दा ठुलो गल्ति गरेझै भैराको छ,- फर्साटिकर निवासी एक सवारीधनीले बताए। हाम्रा संचारकर्मीले अर्का ट्रक चालकलाई रोकेर सोध्दा माल ( समान ) नल्याएको बेला नरोक्ने तर माल ल्याएको बेला रोकेर दुख दिन्छन , आज खाली आएको रोकेनन - ट्रक चालक एक व्यक्तीले बताए।अरुबेला समान या गिट्टी बालुवा ल्याउदा थॉरै रकम दिएको उनले बताए। चिट काटम कि के गरम भन्दा हामीलाई त बानी परेको छ सजिलोका लागि केहि रकम निकालेर दिन्छु। 


यसरी रकम असुल्ने निहुमा बिना बोर्ड स्थानिय प्रहरीको सहभागिता नगराई ट्राफिक प्रहरी कार्यालय मंगलापुरमा कार्यरत ट्राफिकद्वारा चेक जांच भएको प्रती सवारी धनी रुस्ट छन्।जरुरी कामले हिडिऎको हुन्छ तर सास्ती हुने भएकाले सहजताका लागि रकम दिनुपर्ने बाध्यता भएको उनीहरुको गुनासो छ। यता लामो समय नविकरण नगरेका, जाँचपाँस र रुट प्रमिट समेत नलिएका टिप्परहरुलाई रु १,०००/– मात्रै जरिबाना गरेर छोड्ने कि नविकरणको लागी यातायात व्यवस्था कार्यालय पठाउने भन्ने प्रश्नमा एसपी श्यामबहादुर खत्री भन्छन्,‘ट्राफिकको काम कागजपत्र चेकजाँच गर्ने हो, तर नविकरण भए वा नभएकोले कुनै अर्थ राख्दैन, म बुटवलमा हुँदासम्म, नविकरण नभएको भनेर कुनै पनि गाडीलाई कारबाही हुँदैन किनकी प्रहरीको जिम्मा नविकरण भए नभएको होईन, हामी तेस्तो हेर्दैनौं ।’ सोहिदिन ट्राफिक कार्यालय रुपन्देहीले भने तिलोत्तमाको मधवालियामा स्थानिय प्रहरीको साथमा चेक बोर्ड राखेरै हाइ स्पिड कन्ट्रोल र चेक जांच गरेको थियो।   

कमेन्ट गर्नुहोस्