लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालगन्ज उपमहानगरका कर्मचारीहरु आन्दोलित

tillotmacitynews - 2024 Feb 28 07:34 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन १६ गते । नेपालगन्ज उपमहानगरपालिका ५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारबाहीको माग गर्दै उपमहानगरका कर्मचारीहरु आन्दोलित भएका छन् । वडाध्यक्ष शेषलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । मंगलबार दिउँसो वडाध्यक्ष शेष कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुनेगरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले बुधबार बिहानदेखि अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् ।


वडाध्यक्ष शेष नगरप्रमुख प्रशान्त विष्ट र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरेर फर्किने क्रममा आवञ्छित र गैरकानुनी क्रियाकलाप गरेकाले बाध्य भई आन्दोलनमा उत्रनुपरेको सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले बताए । वडाध्यक्ष जनता समाजवादीबाट नेपालगन्ज–५ का निर्वाचित वडाध्यक्ष हुन् ।

कमेन्ट गर्नुहोस्