लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चरङ्गेमा खोलामा डुबेर बिद्यार्थी रायमाझीको मृत्यु

IMG

तिलोत्तमा,२०८० फाल्गुण १० गते। चरंगेमा रहेको त्रिसुली खोलामा डुबेर एक किशोरको ज्यान गएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० चरङ्गे स्थित त्रिसुली खोलामा डुवेर पाल्पाका सिलव रायमाझीको मृत्यु भएको हो ।साथीहरू संग घुम्न गएका पाल्पाका रायमाझीको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।


उनका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगरमा बसेर बुटवलको नविन औद्योगिक कदरबहादुर रिता रायमाझी विद्यालयमा अध्ययन गर्दै आएका सिलव सहित ६ जना साथीहरू मिलेर चरंगे गएका थिए । खोलाको रहमा पौडी खेल्ने क्रममा डुबेर रायमाझीको मृत्यु भएको डीएसपी पण्डितले बताए । आफुसंगै गएका बिप्लव पुरीले भने पौडि खेलेर फर्किने क्रममा सरिरमा हिलो लागेको देखेपछि सिलव हिलो पखाल्न भन्दै पुनः खोलामा गएको र त्यहीक्रममा डुबेको बताए ।

कमेन्ट गर्नुहोस्