लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका शिक्षक र स्वास्थ्यकर्मीलाई दादुरा रुबेला खोप सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा,२०८० फाल्गुण ९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा एक दिने दादुरा रुबेला खोप सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नगरपालिका स्वास्थ्य शाखले रोग रोकथाम तथा नियन्त्रणको लागि दादुरा प्रकोपका बारेमा दादुरा रुबेला खोप अभियानका  लागि अभिमुखिकरण तथा योजना गोष्ठी सम्पन्न गरेको हो ।


नगरपालिका स्वास्थ्य शाखाले दादुरा रुबेला खोप सम्वन्धी स्वास्थ्यकर्मीहरु र शिक्षा संग सम्बन्धित प्रधानाध्यापक तथा शिक्षकहरुलाई एक दिने अभिमुखीकरण तालिम संचालन गरेको हो । उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालयका खोप अधिकृत भेषराज शर्माले सहजीकरण गर्दै यो रोग एउटा माहामारीको रोग भएकोले यस रोगको रोकथामका लागि हामी सबैले घरदेखि टोल, टोलदेखि वडा र वडादेखी नगरसम्म सबै जनाले एकदमै चाँसो देखाएर लाग्नुपर्ने बताउनुभयो । उहाँले दादुरा रुवेला रोगको परिचय लक्ष्य तथा यस रोगको नियन्त्रण सम्बन्धी जानकारी दिनुभएको छ।


तिलोत्तमा नगरपालिकाको सबै स्वास्थ्य शाखामा यो खोप कार्यक्रम सञ्चालन भइरहेको बताउदै स्वास्थ्य शाखाका प्रवेश पौडेलले दादुरा रुबेला खोप सेवा सम्वन्धी प्रभावकारी व्यवस्थापन साथै दादुरा रुबेला निवारण तथा महामारीको अवस्था खोपको कभरेज बढाउने बारेमा जानकारी दिनुभएको छ ।उहाँले दादुरा रूबेला रोकथाम (महामारीरप्रकोप) तथा नियन्त्रणको लागि दादुरा रुबेला खोप अभियान सञ्चालन सम्बन्धी जानकारी समेत गराउनुभएको थियो। खोप अभियान व्यवस्थापनको लागि गरिने उचित क्रियाकलापहरु बारेमा कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरु र शिक्षा संग सम्बन्धित प्रधानाध्यापक तथा शिक्षकहरुलाई जानकारी गराईएको हो।

कमेन्ट गर्नुहोस्