लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा ८ र ११ मा जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिम शुरु

IMG

तिलोत्तमा,२०८० फाल्गुण २ गते। तिलोत्तमा नगरपालिकाले वडा नम्बर ८ र ११ का टोलबिकासका पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिईएको छ ।नगरपालिकाको वडा नम्बर-८ स्थित करहिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको भवनमा जैविक मल बनाउने तालिममा २४ टोलका ६५ जना टोल बिकासका प्रतिनिधिहरुलाई घरबाट निस्कने फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउन सिकाइएको हो। 


सो कार्यक्रमको सन्दर्भमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले रासायनिक मललाई नियन्त्रण गर्दै जैविक र प्राङ्गारिक मलको प्रयोग गरि स्वस्थ्य बन्न आग्रह गर्दै यस्ता तालिमको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो। तालिममा सहभागीलाई  सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको नगरस्तरीय टोल बिकास संस्था संजालका उपाध्यक्ष टोपलाल खनालको भनाइ छ । टोलबिकास मार्फत वडा वडाका पधाधिकारीहरुमाझ जैविक फोहोरबाट कम्पोस्ट मल बनाउने तालिमले फोहोर व्यवस्थापनसंगै भान्सा सुधार र नगरबासीहरुको स्वास्थ्यमा समेत सुधार आउने टोलबिकास संस्थाका संजालका उपाध्यक्ष टोपलाल खनालले बताएका छन्। 


कार्यक्रमको अवसरमा कार्यपालिका सदस्य राधा शाही, खानेपानीका अध्यक्ष यज्ञ गैरे लगायतले बोल्दै फोहोरबाट मल बनाउने तालिमले रासयानिक मलको अभाव र सामान्य खेतबारीमा मलको राम्रो प्रबन्ध गर्न सकिने हुँदा यस्तो खाकलो तालिम प्रभावकारी हुने बताएका थिए।२ दिन सम्म चल्ने सो तालिमको अध्यक्षता वडा नम्बर ८ का अध्यक्ष कृष्ण प्रसाद पौडेलले गर्नुभएको थियो।तालिममा संस्था व्यवस्थापनसम्बन्धि तालिम नगरपालिकाका प्रसासन योजना तथा अनुगमन शाखाका प्रमुख माधव पोख्रेलले दिनुभएको थियो भने प्राङ्गारिक मल बनाउने तालिम अर्को दिन बरिष्ठ कृषि अधिकृत हरि प्रसाद खनालले प्रशिक्षण दिनुहुने भएको छ।

कमेन्ट गर्नुहोस्