लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ग्रिन तिलाेत्तमा,क्लिन तिलाेत्तमा अभियानकाे १२१आौ शृंखला सम्पन्न

IMG

तिलोत्तमा,२०८० फाल्गुण २ गते।तिलाेत्तमा नगरपालिकाकाे ग्रिन तिलाेत्तमा क्लिन तिलाेत्तमा अभियानकाे १२१आौ शृंखला फाल्गुण १ गते वडा नं. १० काे  कान्छी वजार अगाडिको चाेकमा सम्पन्न भएकाे छ ।  वडा नम्बर १० का सचिव कृष्ण खातीले  सञ्चालन गर्नुभएकाे सरसफाई अभियान कार्यक्रम वडा नं १० का.वा.  वडा अध्यक्ष रिता कुमारी चाैधरीकाे अध्यक्षतामा र नगर प्रमुख रामकृष्ण खाणकाे प्रमुख आतिथ्य र विशिष्ट अतिथि नगर उप प्रमुख जगेश्वरी देवी चाैधरी सहित वडाका प्रतिनिधिहरुको सहभागितामा सञ्चालन गरिएकाे थियो।


कार्यक्रममा  वडा नं १० का वडा सदस्यहरू, टाेल विकास संस्थाका पदाधिकारीहरू, वडा नं १० मा रहेका विद्यालका शिक्षक प्रतिनिधी  वडावासी नागरिक समुदाय, कर्मचारी, आमा समूह,   सहकारी संस्था का पदाधिकारीहरू लगायतकाे सरसफाइ कार्यमा सहभागीता रहेकाे थियाे । तिलाेत्तमा नगरपालिकाले हरेक महिलाको १ र १५ गते सरसफाइ अभियान नियमित गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्