
तिलोत्तमा,२०८० फाल्गुण २ गते। तिलाेत्तमा नगरपालिकाले सार्वजनिक यातायातका साधनहरूकाे अनुगमन गर्दै सवारी चालकहरूलाई सचेत गराउने कार्य गरेकाे छ ।नगर प्रमुख रामकृष्ण खाण, नगर उपप्रमुख जगेश्वरदेवी चाैधरी, नगरस्तरीय टाेल विकास संस्थाका प्रतिनीधीहरू, सुरक्षा निकाय, यातायात व्यवसायी प्रतिनीधीहरू, नगर प्रहरी तथा कर्मचारीहरूकाे सहभागीतामा मणिग्राम चाेकमा फागुन २ गतेका दिन यातायातका साधनहरूकाे अनुगमन गर्दै यात्रा गर्दा अनिवार्य रूपमा गाडीमा डस्टविनकाे प्रयाेग गर्ने, वस स्टपहरूमा मात्र यात्रुहरूलाई चढाउने र ओराल्ने, यात्रुहरूलाई सडकमा फाेहाेर नफाल्ने जस्ता कार्य सचेत गराउने कार्य गरीएकाे थियाे।
कमेन्ट गर्नुहोस्