लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका कृषक सुबेदी, जसले गर्छन कृषिमा नयाँ-नयाँ प्रयास

tillotmacitynews - 2024 Feb 09 01:29 PM
IMG

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । रुपन्देहीको तिलोत्तमा-१४ जितपुर निवासी खिमानन्द सुवेदी पेसाले एक कृषक हुन । उनिले कृषि तथा पशुजन्य कार्यमा नयाँ-नयाँ तौरतरीका अपनाइ तथा परम्परागत कृषिभन्दा आधुनिक तरीकाबाट कृषि गर्ने गर्छन ।  उनले नयाँ नयाँ प्रजातिका बोटबिरुवा, नयाँ प्रजातिका आलु,कागती लगायतका बोटबिरुबा लगाई यहाँको वातावरणमा उत्पादन हुने नहुने पनि जाँच गर्छन ।  उनले हिमाली , पहाडी तथा विभिन्न नयाँ प्रजातिका कृषिजन्य प्रयासहरु गर्दछन । व्यावसायिक ढंगबाट खेतिपाती गर्न सके नेपालमै पनि राम्रो कमाइ गर्न सकिने उनि बताउँछन ।  


खिमानन्द सुबेदी पहिले वैदेशिक रोजगारी पनि गरेको र फर्किएपछि रेस्टुरेन्ट पनि गरेर हेरेको तर सोँचेझै गर्न नसकेकाले उनले कृषि पेसा अङगालेको बताए ।  आफ्नो पुर्खेलि जमिन पनि रहेको र आफुलाइ पहिला देखि नै कृषि तथा पशुपालनमा लगाव रहेकाले उनले आफ्नै गाउँ समाजमै बसेर आफ्नो परिवारसँगै रमाउँदै कृषि कार्य गर्ने सोच राखेर कृषिमा प्रवेश गरे ।  सुरुवातमा उनले विभिन्न तालिमहरु पनि लिए र तालिममा सिकेका व्यावसायिक जिवनमा पनि प्रयोग गर्दै आए ।  सुरुवाती चरणमा करिव १० ,१५ लाख जति लगानि लगाएर व्यावसायिक तरकारी तथा गाईपालन कार्य सुरुवात गरे र उक्त कार्यलाइ निरन्तरता दिँदै आजको दिनसम्म आइपुग्दा आफ्नो जिवनयापनको लागि कृषि र पशुपालनले नै खर्च पुर्याएको र थोरै धेरै बचत पनि गर्ने गरेको पनि उनि बताउँछन ।  गोठमा ६ ओटा गाइ रहेका र दिनमा २० देखि २२ लिटर दुध दिने , र विभिन्न तराकारी खेति अन्तर्रगत नयाँ प्रजातिको TPS आलु , फुलगोभी,बोर्डकाउली,केराउ, केरा, टमाटर लगायतका खेति गरेका छन भने मौसम अनि समयअनुसारका खेतिपाती पनि गर्दै जाने बताए । खेतिपाती गर्दा परम्पागत तरिका छोडि आधुनिक ढङगबाट टनेलको प्रयोग गरी, प्रभावकारी सिँचाइ गर्ने गरेका छन।  


TPS आलु खेति 

नयाँ नयाँ चिज प्रयोग गर्ने क्रममा उनले टिपियस आलुको खेति गरेको र उक्त खेति अत्यन्तै प्रभावकारि रहेकाले फेरी पनि उनले टिपियस आलुको व्यावसायिक खेति गरेका छन । यो आलुबाट उत्पादन धेरै हुने , लामो समय सम्म स्टोर गरेर राख्न सकिने र बजार भाउ पनि राम्रो रहेकाले उनि यसतर्फ आकर्शित भएका हुन ।  टिपियस आलु लगाउने प्रकिया फरक रहेको यसका बेर्ना लगाउन पर्ने र ९० दिनमा उत्पादन दिने रहेछ । यो आलुलाइ उकेरा विभिन्न चरणमा उकेरा हाल्नु पर्ने र उपयुक्त मात्रामा सिँचाइ, मल दिनुपर्ने पनि बताए ।  


उनि आफ्नो दिनचर्या खेतिपाति र पशुपालन गरी बिताउने र यो कार्य गर्दा आफु सन्तुष्ट रहेको पनि बताउँछन ।  परिवारका सदस्यहरुले पनि काममा सघाउने गरेका छन । युवा पुस्तालाइ पनि आधुनिक कृषि व्यावसायिक ढङगले गर्न सके विदेशमा पसिना बगाउन नपर्ने सुझाव दिए।  


कमेन्ट गर्नुहोस्