
तिलोत्तमा, माघ २३ गते २०८०। शनिबार तिलोत्तमाको ड्राइभरटोल स्थित ड्रिम भ्यु होटल आकाशेपुल नजिक युवा संग युवा भेला हुदैछ। देशको राजनीतिक, आर्थिक, सामाजिक , सास्कृतिक, बित्तिय, धार्मिक एबम नातिक संकटका बिषयमा युवाहरुमाझ खुल्ला बहसको रुपमा रहेको कार्यक्रमलाई स्थानिय युवा लक्ष्मण गौतमले आयोजना गरेका हुन्। पछिल्लो समय युवाहरुमा पैदा भएको बितृष्णा र निराशापनलाई कम गर्ने उदेश्यले अबको समाजलाई कसरि अगाडी बढाउने भन्ने निचोड ल्याउन सो कार्यक्रमको आयॉजना गरिएको लक्ष्मणले बताए।
युवा अभियन्ता गौतमले कोही आयोजक नरहने, अतिथि नरहने, स्टेज नरहने गरि सबै समान विचारका साथ् प्रस्तुत हुन र जुनसुकै विधाका व्यक्तिले आ आफ्नो बिचार द्वारा समृद्ध देशको परिकल्पनामा रहेर वाककला प्रस्तुत गर्न पाइने मदानी भएकोले युवाहरु लाई सो दिन आमन्त्रण समेत गरेका छन्।सबै क्षेत्रका साथीहरु बिच देशका वर्तमान मुद्दाहरुका बारेमा बिचार बिमर्श छलफल, अन्तरक्रिया, फेलोशिप,नेटवर्किङ र समाजका लागि सकारात्मक सन्देश प्रबाह हुनेगरी सबै क्षेत्रका जनप्रतिनिधी, बिद्यार्थी, बैँक तथा बित्तिय क्षेत्रका युवा, ब्यवसायीहरु, कृषकहरु , कलाकारहरु, राजनितीकर्मीहरु, पत्रकारहरु, बेरोजगारहरु वा अन्य सबै क्षेत्रका सरोकारवालाहरुलाई समयमै श्रुहुने कार्यक्रममा उपस्थितिको लागि गौतमले अनुरोध गरेका छन्। करिव २ हजार जनाको उपस्थिति रहन सक्ने अनुमान गरेका लक्ष्मणले समाज निर्माणमा युवाको भूमिका बिषयक अन्तरक्रिया समेत आयोजना गर्ने उल्लेख गरेका छन्।
देशमै धेरै सम्भावना हुँदा हुँदै पनि विदेश पलायन भएका युवाहरुको बिषयलाई बिशेष जोडका साथ् राखिने सो कार्यक्रममा सबै क्षेत्रका दिग्गज र आफ्नो क्षेत्रका बारेमा बोल्ने बक्ताहरुले यस्तो खालको कार्यक्रम छुटाउनै नहुने गौतमको भनाई छ। युवाको नाममा देश बर्बाद पार्ने तत्वहरुलाई समाजमा स्थापित हुने अधिकार नभएको भन्दै गौतमले युवालाई पहुँच र अवसर कागजमा मात्रै सिमित भएको प्रति दुख व्यक्त गर्दछन। शनिबारको कार्यक्रमले युवाहरुमा एउटा चेता फैलिने र समग्र देश बिकासमा युवाहरु एकजुट रहन मद्धत गर्ने उनको भनाइ छ। कार्यक्रम आयोजना गरेपछि गौतमलाई धेरै ठाउँको युवाहरुले सक्रियता र सहभागिताका लागि आतुर रहेको बताएका छन्। शनिबारको कार्यक्रम भब्य हुने र सबै सरोकारवालाहरुलाई सो कार्यक्रममा आफ्ना बिचार र सहभागिता दिन उनले आग्रह समेत गरेका छन्।
कमेन्ट गर्नुहोस्