लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु

tillotmacitynews - 2024 Feb 06 10:37 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ २३ गते ।  लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वसहितका आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूको उपचार सुरु गरेको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले विभिन्न आन्दोलनमा घाइते भएकाहरूको आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुने अवस्थाबाट रोक्नको लागि सरकारले यो सेवा सुरु गरेको बताए । उनका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलसँग समन्वय भएको  छ ।


प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले घाइते तथा अपाङ्गता भएकाहरूको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरी उपचारको प्रक्रिया अघि बढाइएको बताए । गृह मन्त्रालयले ‘घाइते तथा अपाङ्गता भएका व्यक्तिहरूले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति तस्बिर, जिल्ला प्रशासन कार्यालयको सिफारिस ल्याएमा उपचार गर्न पाइने उल्लेख छ । घाइते तथा अपाङ्गता भएका व्यक्तिको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०(८१ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

कमेन्ट गर्नुहोस्