लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडा ५ ले बाल समूह संजालका बालबालिकाहरुलाइ आत्मरक्षा तालिम दिँदै

tillotmacitynews - 2024 Feb 04 10:06 PM
IMG

तिलोत्तमा सिटि २०८० माघ २१ गते । तिलोत्तमा नगरपालिका वडा न ५ को आयोजनामा बाल समूह संजालका बालबालिकाहरुको लागि आत्मरक्षाका लागी आइतबारबाट २ महिने तालिमको आयोजना गरिएको छ । उक्त तालिमको सुभारम्भ कार्यक्रमका प्रमुख अतिथीका रुपमा तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाण ,साभापति तिलोत्तमा नगरपालिका वडा नं ५ वडा अध्यक्ष रमेश डुम्रे र कार्यक्रम संचालक वडाका सचिव हरि खतिवडा थिए ।  


उक्त तालिममा बाल समूह संजालका ३५ जना बालबालिकाहरुको सहभागिता रहेको छ भने तालिम २ महिना सम्म चल्नेछ । बालबालिकाको स्वस्थ्य तथा आत्मबल वृद्दिका लागि साथै समाजमा सबल र सक्षम नागरिक निर्माणका लागि यस्ता तालिमले सहयोग गर्ने हुनेले यस्ता तालिमको सञ्चालन गरेको वडा अध्यक्ष रमेश डुम्रेले बताए ।  


यस्ता तालिम सामाजिक तथा मानविय विकासका लागि उपयोगि रहने , बालबालिकालाइ अनुशासित बनाउने , संस्कार सिकाउने कार्यका लागि प्रभावकारी रहेको साथै पढाइमा मात्र नभइ अन्य क्रियाकलापहरुमा पनि बालबालिकाहरुलाइ अग्रसर बनाउन यो तालिमले सहयोग गर्ने तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले बताए । साथै बालबालिकामा गरेको लगानि खेर नजाने र बालबालिका वर्तमानको साझेदार र भविस्यको कर्णधार रहेको पनि बताए ।     


 

कमेन्ट गर्नुहोस्