लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा जेसीजको पदस्थापन सम्पन्न, महेश शर्मा पौडेल बने अध्यक्ष

IMG

तिलोत्तमा, माघ १२ गते २०८०।   तिलोत्तमा जेसीज वर्ष २०२४ को १२ औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमाको पौवा होटलमा शुक्रबार एक समारोहकाबीच पदस्थापन समारोह भएको हो । सो अवसरमा वर्ष २०२३ का अध्यक्ष प्रकाश गौतमले वर्ष २०२४ का नवनिर्वाचित अध्यक्ष महेश शर्मा पौडेललाई पद हस्तान्तरण गरेका हुन् । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले समाज रुपान्तरणका लागि सामाजिक रुपमा स्थापित क्लबहरुको भूमिका अहम रहने बताए । नगर प्रमुख खाणले देश र समाजमा भौतिक विकासको काम तीव्र गतिमा भइरहे पनि सामाजिक बिकासको काम धेरै बाँकी रहेको बताए ।’ सामाजिक रुपान्तरणका लागि हरेक युवा समुदाय तथा सामाजिक संघ–संस्थाको भूमिका महत्वपूर्ण रहन्छ’, उनले भने युवासंग तिलोत्तमा नगरपालिका सहकार्य गर्दै समग्र बिकासका कामलाई सँगैसंगै लिएर जानुपर्छ । क्लब संघ संस्थाले समाजमा एकता ल्याउने भन्दै नगरप्रमुख खाणले तिलोत्तमा जेसिसले गरेको सामजिक कार्यप्रति आभार ब्यक्त गरे। 


सो अवसरमा बोल्दै नव निर्वाचित अध्यक्ष महेश शर्मा पौडेलले आफ्नो कार्यकालमा समाजका हरेक क्रियाकलाप र क्लबले गर्ने सामाजिक सेवाका धेरै योजनामा आफु केन्द्रित रहेको र अघिल्लो समितिले पुरा गर्न नसकेका योजनाहरुलाई समेत निरन्तरता दिने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, जेसिआइ प्रकास गौतम, तिलोत्तमा वडा नम्बर २ का वडा अध्यक्ष डिलबहादुर भट्टराई, ३ का अध्यक्ष कल्याण पौडेल, ७ का अध्यक्ष देवीलाल पंगेनी, ८ का अध्यक्ष कृष्ण पौडेल, ९ का अध्यक्ष ध्रुव न्यौपाने, समाजसेवी शरद भट्टराई, यादव भट्टराई, प्रकाश न्यौपाने लगायतले समाज रुपान्तरण र युवा सशक्तिकरणमा जेसीजको भूमिका महत्वपूर्ण रहने बताए । 

कमेन्ट गर्नुहोस्