लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एडीबीले पत्यायो तिलोत्तमालाई, खन्यायो सवा ३ अर्ब बजेट

IMG

तिलोत्तमा,२०८० माघ ४ गते । बिकासको फड्को मार्ने क्रममा तिलोत्तमा नगरपालिकाले बिदेशी लागानी भित्राएको छ। एशियाली विकास बैंक एडिबीको ‘अर्बन रेजिलेन्स लाइभ्लीहुड इम्प्रुभ्मेन्ट परियोजना’ अन्तर्गत रुपन्देहीका तिलोत्तमासहित सात पालिकाहरुमा पूर्वाधार निर्माण र विस्तारका लागि अनुदान सहायता तथा सहलियतपूर्ण ऋणमा बुधवार सम्झौता भएको छ । तिलोत्तमा नगरपालिकामा चार ठूला आयोजनाका लागि ३ अर्ब २५ करोड रुपैया बराबरको सम्झौता भएको ।


तिलोत्तमामा वडा नं १७ मा पॅाच विगाह क्षेत्रफलमा बहुउद्धेश्यीय सुविधासम्पन्न र आधुनिक चिस्यान केन्द्र, पथ्थरडांडा— तिनाउ सडक, ड्राइभरटोल–शिवपूर सडक स्तरोन्नति र मधौलिया– बिहुली– बरौलिया डांडा हुदै चिस्यान केन्द्र पुग्ने सडक निर्माण आयोजनाका लागि एडिबीले सहुलियतपूर्ण ऋण र अनुदान दिने भएको हो । नगर प्रमुख रामकृष्ण खांणका अनुसार कूल बजेटको ७५ प्रतिशत नेपाल सरकारबाट अनुदान, १८ प्रतिशत नगर विकास कोषबाट ऋण र ७ प्रतिशत नगरपालिका कार्यालयको आन्तिरक स्रोतबाट ब्यहोर्नुपर्ने छ । एडिबीले लुम्बिनी सहित पर्यटकीय स्थल आसपासका पालिकाहरुलाई प्राथमिकता दिएर ऋण अनुदान दिएको हो । बिकासका पूर्वाधारहरुमा नगरपालिकाले सरेका योजनाहरुलाई सम्पन्न गर्न नगरपालिकाको बजेटले मात्र सम्भव नहुने अवस्थामा एडीबीको सहयोगमा त्यस्ता योजना पुरा हुने नगर उपप्रमुख जागेश्वर देइ चौधरीले बताईन। 


रुपन्देहीका तिलोत्तमा, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, सैनामैना, तिलोत्तमा, र देवदह नगरपालिकामा एडीबीका योजना संचालन हुनेछन् । रुपन्देहीका अन्य पालिका भन्दा तिलोत्तमाले सबैभन्दा धेरै बजेट पाएको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले विगतदेखि अघि सारिएका आयोजनामा यसपटक सम्झौता भएपछि यी आयोजना सम्पन्न हुंदा तिलोत्तमाले विकास पुर्वाधारमा फड्को मार्ने बताए ।उनले बिगत देखि रोकिएका कामहरु समानान्तर रुपले अघि बढ्ने बिश्वास समेत गरेको बताए। 



कमेन्ट गर्नुहोस्