
तिलोत्तमा,२०८० पौष २९ गते । रुपन्देहीको तिलोत्तमा बारिस्ता र बेकरी सम्बन्धी एडभान्स सिपमूलक तालिम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको आयोजना वैदेशिक रोजगारीबाट फर्केकालाई पुनः एकीकरण कार्यक्रम अन्तर्गत बेसिक सिकेकालाई एडभान्स सिपमूलक सो तालिम सम्पन्न भएको हो । बि क्युब ईन्स्टिच्युट अफ हस्पिटालिटी र विजि बेकरस्को सहयोगमा भएको तालिममा बेकरीमा १४ र बारिस्टामा ७ जना गरी २१ जना तालिममा सहभागि रहेको थिए ।
पुस २० गतेदेखि सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका विच तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वर चौधरीले समापन गरिन् । सो अवसरमा बोल्दै नगर उपप्रमुख चौधरीले विसिक कोर्ष सिकेकाहरुको आग्रह अनुसार एडभान्स तालिकको व्यवस्था गरिएको बताईन् । साथै उनले सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरिन् । कार्यक्रममा प्रशिक्षार्थी चन्द्रबहादुर गुरुङले तालिममा धेरै कुरा सिक्ने अवसर मिलेको बताउँदै आफुले क्याफे खोल्ने योजना बनाएको बताए ।
यस्तै अर्का प्रशिक्षार्थी कल्पना पाइजाले पनि तालिममा धेरै कुरा सिक्ने अवसर पाएको बताउँदै त्यसलाई व्यवहारमा पनि लागि गर्ने बताइन् । समापन कार्यक्रमा तिलोत्तमा नगरपालिका ५ का वडाध्यक्ष रमेश डुम्रे, बि.क्युब ईन्स्टिच्युट अफ हस्पिटालिटीका निर्देशक आशिष गौतम र विजि बेकरस्का अध्यक्ष तारा रायमाझि पोखरेलले भनाई राखेका थिए । तालिमको मुख्य प्रशिक्षकको रुपमा निकिता गिरी रहेकी थिइन् । समापान कार्यक्रमको संचालन गर्दै नगरपालिका रोजगार केन्द्र शाखाका देवेन्द्र ज्ञवालीले युवाहरुलाई उद्धमी बनाउने अभियानमा नगरपालिका अघि बढेको बताए।
कमेन्ट गर्नुहोस्