लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१ मा बालमैत्री नगरको नीतिगत कार्यदिशा सम्बन्धी अभिमुखीकरण कार्यक्रम

IMG

तिलोत्तमा,२०८० पौष २८ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका बालमैत्री नगरपालिका घोषणा भएपछी त्यसको दिगोपनाका लागि विभिन्न खाले कार्यक्रम हुँदै आएको छ। सोहि सन्दर्भमा तिलोत्तमा नगरपालिका वडा नम्बर १ को आयोजनामा १ दिने बालमैत्री स्थानिय शासनको घोषणा पश्चात कार्य सम्पादन समिक्षा तथा दिगोपनाका लागी नीतिगत कार्यदिशा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। 


वडा नम्बर -१ का अध्यक्ष फर्सुराम गिरीको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता एबम नगर उप प्रमुख जगेश्वर देवी चौधरीको बिशिष्ठ अतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बालमैत्री राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चोबेले बिद्यार्थी लगायत अभिवावक एबम सरोकारवालाहरुलाई प्रशिक्षण दिनुभएको थियो। सो अवसरमा बोल्दै नगर प्रमुख खाणले बालबालिकामा गरेको लगानीले बर्तमानमै नतिजा प्राप्त गर्ने हुँदा बालाबचालाई सहि संस्कार आमाबाट शुरु हुने भएकाले अभिभावकले सो कुराको ख्याल राख्नुपर्ने बताउनुभयो। उहाँले सहि संस्कारले मात्र सहि समाज निर्माण गर्ने भएकाले बालबालिकालाई भविष्यका लागि मात्रै नभएर वर्तमानका साझेदार बनाई समजपयोगी बातबरणमा हुर्काउनुपर्ने बताउनुभयो।


कार्यक्रमको सन्दर्भमा बोल्दै नगर उपप्रमुख जागेश्वर देवी चौधरीले स साना बालबालिकाले अभिभावकले जस्तो सिकाई सिकाए त्यस्तै व्यवहारमा परिबर्तन हुने हुँदा सहि सिकाइमा ध्यान दिन जरुरी रहेको बताउनुभयो।  उहाँले बालमैत्री नगरपालिका घोषणा गरेपश्चात नगरभित्र धेरै व्यवहारिक कुराहरुमा रुपान्तरण आएको भन्दै बालबालिका प्रति हुने हिँसा, अशिक्षा, बालश्रम, बालबिबाह लगायतका क्रियाकलाप बन्द भएको बताउनुभयो। 


सो कार्यक्रमका अध्यक्ष फर्सुराम गिरीले बालाबालिकालैई उनुहरुको हक अधिकार प्राप्तिका लागि सबैले मिलेर अगाडी बढ्नु पर्ने बताउनुभयो।  वडा तह बाटै बालबालिकाको सर्बाङ्गिण बिकासमा एक कदम अघि बढेर हातेमालो गरेको बताउदै उहाँले सबै बालबालिकाले आफ्नो नैसर्गिक अधिकार प्राप्त गर्ने बाताबरणमा हातेमालो गर्नुपर्ने बताउनुभयो। वडा सदस्य तथा बालमैत्री सम्पर्क व्यक्ति मिलन रानाको स्वागतमा शुरु बहेको कार्यक्रमको संचालन बालमैत्री सहजकर्ता रमा थापाले गर्नुभएको थियो भने सहजीकरण बालमैत्री राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चोबेले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्