लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शनिबारदेखि प्रधानमन्त्री कप क्रिकेट : लीग चरणका ११ खेल भैरहवामा

tillotmacitynews - 2024 Jan 11 08:05 PM
IMG

तिलोत्तमा सिटी ,२०८० पुष २६ गते । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा शनिबारदेखि प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । यसैबीच प्रतियोगिता अन्तरगत ११ वटा लीग चरणका खेल भैरहवामा हुने भएको छ । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताका खेलहरु काठमाडौंको त्रिवि क्रिकेट मैदान र मुलपानी गरी ३ ठाउँबाट एकसाथ सञ्चालन हुने छ । काठमाडौं बाहिर पहिलो पटक भैरहवामा प्रधानमन्त्री कप आयोजना हुने भएको हो । राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत भैरहवामा माघ ११ गतेसम्म लीग चरणका खेल हुने नेपाल क्रिकेट संघ (क्यान) रुपन्देहीले जनाएको छ ।


प्रतियोगिताले भैरहवामा चहलपहल बढ्नुका साथै पर्यटन क्षेत्रमा पनि टेवा पुग्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले विश्वा व्यक्त गरे । यो प्रतियोगिताको सफलतापूर्वक सम्पन्न भएपछि सिद्धार्थ क्रिकेट रंगशालामा एकदिवसीय क्रिकेट प्रतियोगिता (ओडिआई) आयोजना गर्न पनि सकिन्छ भन्ने सन्देश र त्यसलाई ठूलो बल पुग्ने उनले बताए । प्रतियोगितामा राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडीहरुको सहभागीता हुने र यसले प्रतियोगिताको महत्वलाई अझै बढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।


भैरहवामा लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल गरी ७ समूहले लीग चरणका खेल खेल्ने छन् । प्रतियोगिताका अन्य खेलहरु भने त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा सञ्चालन हुने छन् ।

कमेन्ट गर्नुहोस्