
तिलोत्तमा, पौष २५ गते २०८०। तिलोत्तमा नगरपालिकामा पैदल यात्रीले आफौ बटन थिचेर मार्गमा सुरक्षित रूपमा बाटो काट्न सक्ने प्रविधि जडान हुने भएको छ । यसै नगरपालिकामा धेरै दुर्घटना हुने क्षेत्रमा आफ्नै सुरक्षा बढाउनका लागि यस्तो उपाय गरिएको हो।तिलोत्तमा नगरपालिकाको स्थानीय विकासमा सहयोग पाउँदै, बुटवल उपमहानगर पालिका र सार्वजनिक परिवहन निगमको सहयोगमा तिलोत्तमामा केही मुख्य स्थानमा pedestrian light controlled (पैदल यात्रुको बत्ती नियन्त्रित) बनाइने छ।
यो प्रणालीले पैदल यात्रुहरूलाई थिच्ने बटन बाट ३० देखि ४५ सेकेन्डसम्मको लागि रातो बत्ती जाग्रत गर्दछ। जब यो बत्ती जड्ने गरी पैदल यात्रुले थिच्ने गरेपछि, गाडीहरूलाई रोकिन्छ र पैदल यात्रुले सुरक्षित रूपमा बाटो काट्न सक्छन्।तिलोत्तमा नगरपालिका र क्युसेरा मल्टिप्रपोज प्रा.लि. काठमाडौंको सहयोगले केही मुख्य स्थानमा यस्तो व्यवस्था गरिने छ । यसले पैदल यात्रुहरूको सुरक्षा बढाउने छ र दुर्घटना हटाउन सहज बनाउने छ।बाटो काट्ने क्रममा घटना दुर्घटना धेरै भैरहेको हुनाले तिलोत्तमाको शान्तिकुञ्जमा सो प्रबिधि राखिने गरि अबलोकन भएको नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले बताए।
कमेन्ट गर्नुहोस्