लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-२ मा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई सम्मान

IMG

तिलोत्तमा, पौष २३ गते २०८०। रुपन्देहीको नगरपालिका वडा नं.-२ ले ८० वर्ष माथिका जेष्ठ नागरिक सम्मानार्थ तथा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोगार्थ न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । वडा कार्यालयले आफ्नो वडामा बसोबास गर्ने करिव ११४ जना लाइ न्यानो कपडा वितरण कार्यक्रम गरेको हो।


सो कार्यक्रममा उपस्थित हुन नसकेका जेष्ठ नागरिक र अपांग ब्यत्तिलाइ घरमै गइ बितरण गर्ने तिलोत्तमा वडा नं.-२का वडा अध्यक्ष डिल बहादुर भट्टराई जानकारी गराउनु भयो। वडा न-२ का वडा अध्यक्ष डिल बहादुर भट्टराईको अध्यक्षता, तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता र नगर उपप्रमुख जागेश्वर देवी चौधरीको बिशिस्ट आतिथ्य र कार्यपालिका सदस्य , वडा सदस्यहरु, ११ ओटा टोल बिकास संस्थाका अध्यक्ष विभिन्न संघ  संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो।कार्यक्रमको संचालन वडा सचिव अनिता शर्मा ज्ञवालीले गरेकी थिइन्।


कमेन्ट गर्नुहोस्