
तिलोत्तमा सिटी , २०८० पुष २३ गते । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा माओवादी केन्द्रका झक्कु प्रसाद सुवेदीले उम्मेदवारी दर्ता गरेका छन् । सुवेदीले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदकारी दर्ता गरेका हुन् । सुवेदी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ–२ बाट तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई पराजित गरी चर्चामा आएका थिए ।
सुवेदीको समर्थकमा दिल कुमारी बुढा र प्रस्थापकमा मिना बुढा रहेकी छन् । अब नेपाली कांग्रेसका उम्मेदकारी दर्ता गराउने तयारी गरेका छन् ।
कमेन्ट गर्नुहोस्