लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मनकामना टोल विकास संस्था तिलोत्तमाको पाचाै साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा,पौष २२ गते २०८०। मनकामना टोल विकास संस्था तिलोत्तमा वडा नम्बर-७ को पाचाै वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोल बिकासले आफ्नो टोल अन्तर्गत पर्ने मनकामना मन्दिरको सभाहलमा एक कार्यक्रम गरी साधारण सभा मनाएको हो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिलोत्तमा-७ का वडा अध्यक्ष देवीलाल पंगेनीले टोलमा रहेको टोल बिकास संस्थासंग मिलेर बिकासको खाका तयार गरि समग्र वडाको बिकास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । टोल विकास संस्थाले गरेको काम प्रशंसायोग्य रहेको बताउदै उहाँले आगामी दिनमा पनि विकासको काममा हातेमालो गरेर अगाडी बढ्ने बताउनुभयो ।


टोल विकास संस्थाका अध्यक्ष तारा प्रसाद भुसालले नगरको हरेक क्रियाकलापमा सहकार्य गर्दै टोलको सरसफाई गर्ने, टोलमा आवश्यक पर्ने विकासको काममा नगरसँग सहकार्य गर्ने काम गरेको बताउनुभयो । विकासको काममा वडालाई सधै सहयोग गर्ने उहाँको भनाई छ । कार्यक्रममा प्रगति प्रतिवेदन संस्थाका सचिव जीवन भण्डारीले प्रस्तुत गर्नुभएको थियो।


कार्यक्रममा नगरपालिकाका सामाजिक बिकास शाखाकि बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले टोल विकासले नगरको बिकास र सौन्दर्यतामा ठुलो काम गरेकोप्रति खुसि व्यक्त गर्दै आगामी दिनमा अझै परिष्कृत भएर समाज बिकासमा लाग्न सुझाव सहित शुभकामना मन्तव्य राख्नुभएको थियो । टोल बिकास मार्फत बजार जाने बाताबरण मैत्री झोला समेत प्रदान गरिएको सो कार्यक्रममा वडाका जनप्रतिनिधी, समाजसेवी र स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सचिव जिबन भण्डारीले गर्नुभएको थियो।  


कमेन्ट गर्नुहोस्