लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माघ २५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय एक्स्पो आयोजना हुने

tillotmacitynews - 2024 Jan 02 12:16 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष १७ गते । दाङको घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो–२०८० हुने भएको छ । दाङ चेम्बर अफ कमर्शको आयोजनामा एक्स्पो हुने भएको हो । चेम्बरले सोमबार साँझ  घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशस्तरीय एक्स्पो आयोजना गर्ने जानकारी दिएको हो । आगामी माघ २५ गतेदेखि फागुनको ९ गतेसम्म घोराही उपमहानगरपालिका–१४ झिगौंरामा प्रदेशस्तरीय एक्स्पो सञ्चालन गर्न थालिएको दाङ चेम्बर अफ कमर्शका अध्यक्ष विकास अग्रवालले जानकारी दिएका छन् ।


पछिल्लो समय आर्थिक गतिविधि चलायमान बनाउँदै स्थानीयस्तरमा उत्पादित कृषि, जडिबुटीलगायतका सामग्रीको बजारीकरणका लागि प्रदेशस्तरीय एक्स्पोको आयोजना गर्न थालिएको उनले जानकारी दिए । उनले जिल्लाको कृषि, जडिबुटिलगायत स्थानीय उत्पादनको बजारीकरणका लागि एक्स्पोमा ५० बढी स्टलहरु राख्ने बताए । अग्रवालले स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि सामाग्री निशुल्क रुपमा प्रदान गरिने बताए ।


एक्स्पोबाट संकलित रकम चेम्बरको आफ्नै भवन निर्माणमा लगाउने योजना रहेको उनले बताए । एक्स्पोमा जिल्लास्थित उद्योगी, व्यवसायीहरुलाई विशेष प्राथमिकता दिएर स्टलमा पनि विशेष छुट गरिएको उनको भनाई थियो । 

कमेन्ट गर्नुहोस्