लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतको तमिलनाडुमा बाढीमा परेर १० जनाको मृत्यु

tillotmacitynews - 2023 Dec 20 04:35 PM
IMG

तिलोत्तमा सिटी,२०८० पुष ४ गते । भारतको तमिलनाडुमा भारी वर्षाका कारण आएको बाढीमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको छ ।ग्रामीण क्षेत्र र सडकमा पानी जमेका कारण १२ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानतर्फ लगिएको सरकारी अधिकारीहरूले बताएका छन् । यस महिनाको सुरुमा तमिलनाडु र आन्ध्र प्रदेशले शक्तिशाली चक्रवाती आँधीको सामना गर्नुपरेको थियो । त्यसलगत्तै तमिलनाडुमा लगातार पानी परिरहेको छ । लगातारको वर्षा आँधीको परिणाम भएको मौसमविदहरुले बताएका छन् ।


सामाजिक सञ्जालमा आइरहेका तस्वीर र भिडियोमा तमिलनाडुको ठूलो क्षेत्र जलमग्न भएको र त्यहाँ फसेका मानिसहरूलाई बचाउन उद्धार टोलीले डुङ्गाको प्रयोग गरिरहेको देख्न सकिन्छ। यो वर्ष तमिलनाडुमा सामान्यभन्दा २० गुणा बढी वर्षा भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कमेन्ट गर्नुहोस्