
तिलोत्तमा, पुष ३ गते। रुपन्देहीको तिलोत्तमा नरपालिका वडा नम्बर ६ पुर्वी पहुनीमा तिलोत्तमा सरफ उद्योग सुरु भएको छ । उद्योगको एक कार्यक्रमका विच मंगलबार तिलोत्तमा नगर सरकारका प्रमुख रामकृष्ण खाँण र उप प्रमुख जागेश्वदेवी चौधरीले उद्घाटन गरे ।तिलोत्तमा नगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले एक वडा एक उद्योग स्थापना हुनेमा आफु विश्वस्त भएको बताएका थिए । उनले सबै वडा अध्यक्षहरुलाई निर्देशन दिदै तालिम पश्चात एक/एक वटा उद्योग स्थापना गर्न आग्रह गर्दै यसको लागि आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै उप प्रमुख जागेश्वरदेवी चौधरीले महिला उद्यमशिलता प्रर्वद्धनमा तिलोत्तमा नगरपालिका जहिले पनि तयार रहेको बताईन् । ६ जना महिलाहलरुले स्थापना गरेको यो उद्योगमा सरफ, फिनेल, हेन्डवास, डिस वास, हार्पिक लगायतका बस्तु उत्पादन गरेको समुहकी अध्यक्ष सुना श्रीसले जानकारी दिईन ।अध्यक्ष सुना श्रीषका अनुसार अहिले सम्म १० लाख २७ हजार बढीको लगानी भएको छ ।जसमा तिलोत्तमा नगरपालिका वडा प्याकेजिङ्ग मेसिन र तौल लिने मेसिन अनुदान स्वरुप उपलब्ध गराएको छ भने वडा नम्बर ६ को कार्यालयबाट थप दुई लाख ५० हजार रुपैयाँ केमीकल तथा मेटिरियल्स खरिदका लागि सहयोग गरेको छ ।
सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले स्थानिय तहमा स्थापना भएका यस्ता उद्योगले रास्ट्रिय स्तरसम्म आफ्नो पहिचान बनाउन सक्ने र रोजगारीको समेत अवसर सृजना हुने हुँदा उद्योगबाट उत्पादित बस्तुलाई प्रयोग गरि हौसला प्रदान गर्नुपर्ने बताएका थिए ।अध्यक्ष पाठकको अध्यक्षतामा भएको उद्योग शुभारम्भ कार्यक्रममा बोल्दै उनले महिलाहरुले उत्पादन गरेको बस्तु विक्रीका लागि वडाबाट सहजीकरण गरिने बताए ।सुना श्रीस संगै गंगाथापा श्रीस, भगवती घर्ती, जुमना ज्ञवाली, सिता श्रीस, बुद्धिमाया विक रहेका छन् । अहिले १२ क्विन्टल सरफ, ७०० लिटर फिनेल, ह्यान्डवास ३०० लिटर, ढिस वास ४ क्विन्टल बराबरको निर्माण गरेका छन् । ३ लाख २७ हजार रुपैयाँ बढिको अहिले तयारी उत्पादन विक्री अवस्थामा रहेको छ ।उद्योगको स्थापना तिलोत्तमा नगरपालिकाको मेडपा शाखा अन्तर्गत उद्धमी तालिम लिएका महिलाहरुको संयुक्त लगानीमा भएको हो। मेड्पा शाखा तिलोत्तमाले यस क्षेत्रमा रहेका महिला उद्धमीहरुलाई एकीकृत गरी विभिन्न तालिम तथा स्वरोजगारका सिपहरु सिकाउदै आएको छ।
कमेन्ट गर्नुहोस्