लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा नगर बाल सञ्जालको अध्यक्ष बने बिबेक,बालमैत्री प्रगति समिक्षा कार्यक्रम सम्पन्न

IMG

तिलोत्तमा, मङ्सिर २९। नगर बाल सञ्जाल तिलोत्तमा नगरपालिकाको अध्यक्षमा बिबेक खड्का चुनिएका छन्। नगरको आज बसेको एक पहिलो नगर बाल भेलाले बिबेकलाई निर्वाचित गरेको हो। सर्वसम्मत नभएपछि अध्यक्षसहितको पदाधिकारीमा ३ जनाको उम्मेदवारी परेपछि बिषयमा आफ्नो बिचार राख्ने गरि प्रतिश्प्रधा गरिएको थियो। सञ्जालको उपाध्यक्षमा महिमा खनाल,सचिव ओसिस आचार्य, सह सचिव उत्तम अधिकारी,कोषाध्यक्ष पदमा न्यौपाने र सदस्यहरुमा सुमित भण्डारी,मिराज अर्याल ,निश्चल भट्टराई, बिशेष जंग कार्की,  एलिना खरेल, अमृत गौडेल,क्रिष्टिना राना, सुमा दर्लामी मगर , सुरेन्द्र बानिया, रुपा घर्ती चयन भएको निर्वाचन समितिका संयोजक बिष्णु बहादुर चौबेले जानकारी दिनुभएको छ।


सञ्जालको संरक्षकमा नगरका नगरप्रमुख रामकृष्ण खाण रहेका छन्। नवनिर्वाचित खड्काले तिलोत्तमालाई नेपालमै पहिचान बनाउने र बालबालिकाको सर्वाङ्गिण बिकासमा पहल गर्दै समृद्ध नगरको लागि अघि बढेर काम गर्ने प्रतिबद्धता जनाए। भेलामा नगरका १७ वटै वडाबाट वडा बाल संजालका प्रतिनिधिहरू सहभागी भएका थिए। 


सो कार्यक्रम पश्चात नगरपालिकाको आयोजनामा बालमैत्री घोषणा पश्चात प्रगति समिक्षा, अद्यावधिक तथा मापन कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा तिलोत्तामाका जनप्रतिनिधी, बिषयगत कर्मचारी, बालमैत्री संग सम्बन्धित वडा कर्मचारी, सहजकर्ता, बाल संजालका पुर्व प्रतिनिधि एबम बर्तमान प्रतिनिधि, प्रधानाध्यापक, स्वास्थ्यकर्मी, सरोकारवाला एबम बुद्धिजीवीहरुसँग अन्तरक्रिया समेत गरिएको थियो।


कार्यक्रमको दौरानमा नव निर्वाचित नगर बाल संजालका पदाधिकारी तथा सदस्यहरुलाई नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, प्रमुख प्रशाशाकिया अधिकृत नारायण अर्याल, उपसचिव गणगारम आचार्य लगायत वडाका जनप्रतिनिधिहरुले सफल कार्यकालको शुभकामना दिएका थिए। एक औपचारिक कार्यक्रम गरि सो प्रगति समिक्षा, अद्यावधिक तथा मापन कार्यक्रममा प्रशिक्षक बिष्णु बहादुर चौबेले सहजीकरण गरेका थिए भने कार्यक्रमको संचालन बालमैत्री शाखा प्रमुख शारदा भट्टराईले गर्नुभएको थियो। 

कमेन्ट गर्नुहोस्