
तिलोत्तमा,मंसीर २८ गते।रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको आयोजनामा वडा नं १४ को वडा कार्यालय प्राङ्गणमा सेवा प्रवाह सम्बन्धि एकिकृत घुम्ती शिविर सम्पन्न भएको छ। जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित सो शिविरमा ३ हजार बढी सेवाग्राहीले जनस्वास्थ्य सेवा, बृहत स्वास्थ्य परिक्षण सहितको सेवा, योजना शाखाबाट हुने सबै कार्यहरु,पशु पन्छी सम्बन्धि चेकजांच तथा उपचार र परामर्श सेवा र औषधी, कृषी सम्बन्धी सबै सेवा,टोल बिकास , संघ संस्था दर्ता नविकरण, रोजगार परामर्श, उद्धमी परामर्श, ज्येष्ठ नागरिक तथा अपाङ्गता परिचय पत्र वितरण लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु एकै स्थानबाट सेवा प्रबाह गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभएको छ ।
वडाबाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गाउँमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो। तिलोत्तमा नगरपालिकाको १३ र १४ वडाका सेवाग्राहिहरुले सो घुम्ती शिविरमा सेवा लिएको उहाँको भनाई छ।
वडागत रुपमा सेवा प्रबाहलाई चुस्तदुरुस्त बनाउन सो कार्यको आयोजना गरिएको यस्तो खाले शिविरले सेवा सहजतामा राम्रो प्रभाव पारेको वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेलले बताउनुभयो।करिव ३ हजार बढीले सेवा लिएको सो शिविरमा आएका सेवा ग्राहीहरु घर आँगनमै नगरपालिकाको सेवा पाउँदा खुसी व्यक्त गरेको अध्य्क्ष पौडेलले बताउनुभयो।
कमेन्ट गर्नुहोस्