
तिलोत्तमा,मंसीर २७ गते। रुपन्देहीको जिल्लाको तिलोत्तमा नगरपालिकाको आयोजनामा वडा नं १४ को वडा कार्यालयबाट सेवा प्रवाहका लागि एकिकृत घुम्ती शिविर गरिने भएको छ। जनताको घरदैलोमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ संचालित गरिएको उक्त शिविरबाट स्वास्थ्य सेवा, बृहत स्वास्थ्य परिक्षण सहितको सेवा, योजना शाखाबाट हुने सबै कार्यहरु,पशु पन्छी सम्बन्धि सबै सेवा तथा परिक्षण र औषधी, कृषी सम्बन्धी सबै सेवा,टोल बिकास , संघ संस्था दर्ता नविकरण, रोजगार परामर्श, उद्धमी परामर्श,अपाङ्गता परिचय पत्र वितरण लगायत नगरपालिकाकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सोही स्थानबाट सेवा प्रवाह गरिने तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभएको छ ।
वडाबाट नगरपालिकाका कार्यालयमा सेवा लिन आंउदा हुने कठिनाई र समस्यालाई मध्यनजर गरि समयको बचत तथा नागरिकको सहजताका लागि गाउँमै सेवा प्रवाह गरि आम नागरिक लाई सर्वसुलभ सेवा प्रवाह गर्ने उद्देश्यका साथ घुम्ती शिविर संचालन गरिएको तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले जानकारी दिनुभयो। तिलोत्तमा नगरपालिकाको १७ वटै वडाका सेवाग्राहिहरुले १४ न वडाबाटै हुने सेवाहरु सो घुम्ती शिविरमा लिन पाइने उहाँको भनाई छ।वडागत रुपमा सेवा प्रबाहलाई चुस्तदुरुस्त बनाउन सो कार्यको आयोजना गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो। मङ्सिर २८ गते बिहान १० बजे देखि ४ बजे सम्म कार्यालय समयमा शुरु हुने गरि शुभारम्भ गरिने सो सेवा अन्य वडामा समेत बिस्तार गरिने नगरपालिकाले जनाएको छ।
कमेन्ट गर्नुहोस्