
तिलोत्तमा, मङ्सिर २५ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को आयोजनामा बाला चतुर्दशी शतविज छर्ने दिनको अवसर पारेर ८० देखि ८५ बर्ष सम्मका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ। वडाले अघिलो बर्ष हरुमा जस्तै यस बर्ष ८० देखि माथिका ६५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो।ज्येस्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन उनीहरुको स्वास्थ्य चेक जांच गरि एक औपचारिक कार्यक्रम गरि न्यानो माया स्वरुप ब्लाङ्केट, यातायात खर्च नगद र सम्मान पत्र सहित सम्मान गरेको हो। तिलोत्तमा नगरपालिका वडा नम्बर-६ का अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा वडा नम्बर-६ भित्रका ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको थियो।
सो कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष गणेश पाठकले आमाबुवाको सम्मान गर्दै उनीहरुको आशिर्बाद शिरोपर गर्दै अभिभावकले देखेको बाटोमा अगाडी बढ्नु पर्ने बताउनुभयो। अनुभव साट्न र परम्परा जोगाउन ज्येष्ठ नागरिक को अमुल्य सुझाव चाहिने भन्दै उहाँले वडाको समग्र बिकासमा सरसल्लाह लिएर अगाडी बढ्ने समेत बताउनुभयो। सो अवसरमा बोल्दै नगरप्रमुख खाणले परिवारको खुसि भनेकै ज्येष्ठ नागरिक भएकाले सम्पत्तिको लागि भन्दा पनि उनीहरुलाई समयमा हेरचाह र मायाको खाँचो रहेको बताउनुभयो। हरेक छोराछोरीले आफ्ना बुवाआमालाई उनीहरुले देखाएको बाटोमा लाग्नुपर्ने बताउंदै नगरप्रमुख खाणले कोही ज्येष्ठ नागरिकले दु:ख पाएकॊ र छोराछोरीले नहेरेको भए सिधै नगरपालिका या जनप्रतिनिधिलाई आएर खबर गर्न अनुरोध समेत गर्नुभयो।ज्येष्ठ नागरिक सदैव हाम्रा लागि पुज्णीय रहनेछ । आफुभन्दा ठुलाबडाका आशिर्वाद जहिले लिनुपर्छ । ज्येष्ठ नागरिकहरुलाई आउने दिनमा यसरी सम्मान गरिने नगरप्रमुख खाणले बताउँनु भयो।
सो, सम्मान कार्यक्रममा वडा सदस्यहरु संजय आचार्य, गोबिन्द रिजाल, सिता गौतम, गीता गन्धर्व, टोलबिकास अध्यक्ष जगत पौडेल लगायत वडाका कर्मचारी ,स्थानीय बौद्धिक व्यक्तित्वहरुको उपस्थिति थियो ।
कमेन्ट गर्नुहोस्