
तिलोत्तमा,१९ मंसिर २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-९ को आयोजनामा "युवासँग कुद्छ तिलोत्तमा" भन्ने नारा सहित खुल्ला तिलोत्तमा दौड प्रतियोगिता हुने भएको छ। यहि पुष ७ गते शनिबार तिलोत्तमाको योगिकुटी चोकदेखि मंगलापुर रामजानकी मन्दिर गेटसम्म ७ किलोमिटर दौड रहने प्रतियोगिताको तयारि थालिएको वडा नम्बर-९ का अध्यक्ष ध्रुव न्यौपानेको भनाई छ। बिहान ठिक ८ बजे शुरु गर्ने गरि धावकलाई १ घण्टा अगावै आमन्त्रण गरिएको नि:शुल्क सहभागी हुन पाउने सो प्रतियोगिताको लागि न्युनतम उमेर १५ बर्ष पुगेको हुनुपर्ने आयोजकका तर्फबाट प्रतियोगिताका संयोजक तथा वडा सदस्य गोबिन्द गुरुङले बताए।
प्रतियोगिताको सम्पूर्ण तयारी सहित पत्राचारको काम भैरहेको व्यवस्थापक तथा वडा सदस्य कमल शर्मा रेग्मीले बताए। पौष ३ गतेसम्म नाम टिपाउन आग्रह गर्दै उनले प्राथमिक उपचारको समेत व्यवस्था गरिको बताए। आज एक भेटघाट तथा छलफलको आयोजना गरि तिलोत्तमाको बृहत दौड प्रतियोगिता भएकोले सुरक्षा चुनौतीहरुलाई पार गर्न सुरक्षा निकायसँग समेत छलफल गरिएको छ। नगरपालिकासँग सरोकार राख्ने सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीसँग छलफल गरि दौड प्रतियोगितामा कुनै पनि घटना घट्न नदिन ट्राफिक प्रहरी, नगर प्रहरी, ईलाका प्रहारी कार्यालय मंगलापुर, वडा प्रहरी कार्यालयसँग समन्वय गरि अघि बढेको वडा अध्यक्ष न्यौपानेले बताए।
प्रतियोगिताका लागि वडा अध्यक्ष सहित सदस्यहरू कमल शर्मा रेग्मी, गोबिन्द गुरुङ, तारा सुनार, कार्यपालिका सदस्य रवि सेन्चुरी, इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एलएन पाण्डे लगायतको छलफल गरिएको थियो।प्रतियोगितामा प्रथम हुनेलाई ८ हजार दोस्रो हुनेलाई ६ हजार र तेस्रो हुनेलाई ४ हजार पुरस्कार राखिएको छ। १५ देखि ४० वर्षा सम्मका र ४० बर्ष माथिका उमेर समुहको दौड प्रतियोगिता गराईने सो दौडमा महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुने वडा सचिव माया गैरेले बताईन। प्रतियोगिताको पुर्व तयारी तथा ब्यबस्थापनका लागि थप काम अगाडी बढाइने वडा सचिव गैरेले बताईन।
कमेन्ट गर्नुहोस्