लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तमु युवा ह्यूल छोंज धिं लुम्बिनी प्रदेश अध्यक्षमा अर्जुन गुरुङ

IMG

तिलोत्तमा सिटी,१७ मंसिर २०८०।तमु युवा ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश अधिवेशन शनिवार महाज्ञान बौद्ध विहार, बुटवलमा सम्पन्न भएको छ ।अर्जुन गुरुङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । जसको उपाध्यक्षमा सुदिप गुरुङ, महिला उपाध्यक्षमा शिला गुरुङ, मुख्य सचिवमा सुभाष गुरुङ, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा पुष्पा गुरुङ, सह-कोषाध्यक्षमा पासाङ गुरुङ र सदस्यहरुमा समिक्षा गुरुङ, अन्जली गुरुङ र बुद्धी बहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् ।


कार्यक्रममा प्रमुख अतिथि तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य जे.वि. गुरुङ, तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद केन्द्रीय उप-महासचिव जी.एस. गुरुङ, तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद पुर्व प्रदेश प्रमुख चन्द्र बहादुर गुरुङ, तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला कार्य समिति अध्यक्ष विमला गुरुङ, तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद रुपन्देही सचिव ओम प्रकाश गुरुङ, तमु युवा ह्यूल छोंज धिं रुपन्देही जिल्ला अध्यक्ष सिद्धार्थ गुरुङ लगायतले आफ्ना भनाइ व्यक्त गरेका थिए।तमु ह्यूल छोंज धिं गुरूङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेशका अध्यक्ष खुम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश सचिव एल.बि.गुरुङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्