
तिलोत्तमा,मङ्सिर १२ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का सदस्य हिरा गिरी डायमण्ड माथि हातपात भएको छ। कार्यालय समयमा चिया खान बाहिर होटलमा आएका उनलाई तिलोत्तमा-४ नयांमिल बस्ने बिष्णु भण्डारीले हातपात गरेको प्रत्यक्षदर्शिले बताएका हुन्। मेलाको बिषयमा दोस्रो पक्षसंग भनाभन भैरहेको बेला पुगेका गिरी माथि सो व्यक्तिले हातपात गरेका हुन्। कार्यालय समयमा खाजा खान गएको बखत आफुलाई एक्कासि हातपात गरेको प्रति दु:ख व्यक्त गर्दै गिरीले कानुन अनुसार कारबाहीको माग गरेका छन्।
वडा कार्यालयमा आई वडा सदस्यमाथि हातपात गर्नु कत्तिको उचित हो ? वडा सदस्य गिरीले दु:ख व्यक्त गर्दै भने।सामान्य भनाभन भैरहेको बेला सम्झाउन खोज्दा हातपात गरेको उनको भनाई छ। घटना के कति कारणले घटेको भन्ने बिषयमा आरोपित बिष्णु भण्डारीलाई हामीले सम्पर्क गर्न खोज्दा उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन।
घटनाबारे वडा सदस्य गिरीले वडा,नगरपालिका, र प्रहरीमा समेत जानकारी गराइसकेका छन्। जनप्रतिनिधि माथि भएको यस्तो खालको आक्रमणले आफुलाई सामाजिक कार्य गर्न समेत असर पुगेको उनको भनाई छ। नेकपा माओबादी केन्द्रका नेता रहेका गिरी गएको चुनावमा कांग्रेस र माओबादिको गठबन्धनबाट निर्वाचित भएका थिए।
कमेन्ट गर्नुहोस्