लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीको देवदहमा बस दुर्घटना हुँदा २० जना घाइते

tillotmacitynews - 2023 Nov 17 10:10 AM
IMG

तिलोत्तमा सिटी,  २०८०  मंसिर,१ गते । दाङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ८ भलुही भन्ने स्थानमा दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर र ५ जनाको अवस्था मध्यम छ । बा.प्र.०३–००१ नम्बरको बस गएराति पौने १२ बजेतिर सडकबाट करिब ३÷४ मिटर तल पल्टिएको थियो । बसमा सवार ३८ यात्रुहरुमध्ये २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए ।


घाइतेहरुको उपचार देवदह मेडिकल कलेजमा भइरहेको छ । दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीको नेतृत्वमा १० जनाको टोली र वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक महेश पाठकको नेतृत्वमा ७ जनाको टोली उद्धारमा खटिएको थियो । बस चालक प्युठान झिमरुकका प्रदीप परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


गम्भीर र मध्यम घाइते भएकाहरुको नामावली


१. दाङको शान्तिनगर– ५ बस्ने २९ वर्षीय विरेन्द्र चौधरी, टाउकोमा चोट, अवस्था सिरियस ।

२. सल्यानको कपुरकोट–५ बस्ने ४० वर्षीया रिखि साहु, टाउकोमा चोट, अवस्था सिरियस ।

३. रोल्पाको होलेरी बस्ने ५६ वर्षीय प्रेम चलाउने, छाती र दायाँ घुँडामा चोट, अवस्था मध्यम ।

४. रोल्पाको गंगादेव–२ बस्ने २४ वर्षीय भिम ओली, टाउकोमा चोट, अवस्था मध्यम ।

५. सल्यानको कपुरकोट–१ बस्ने ११ वर्षीय प्रेम रावत, टाउकोमा चोट, अवस्था मध्यम ।

६. दाङको तुलसीपुर उपमहानगरपालिका १४ बस्ने २५ वर्षीया पूर्णिमा डाँगी, निधारमा चोट, अवस्था मध्यम ।

७. नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २१ वर्षीया संगिता मोक्तान, निधारमा चोट, अवस्था मध्यम ।


सामान्य घाइते भएकाहरुको नामावली


१. सल्यानको कपुरकोट–५ बस्ने ७ वर्षीया दिपिका साहु ।

२. सल्यानको कपुरकोट–१ बस्ने ३५ वर्षीय प्रकाश राउत ।

३. सल्यानको बनगाड कुपिण्डे–९ बस्ने २४ वर्षीय तिलक बुढाथोकी ।

४. रोल्पाको होलेरी बस्ने ७ वर्षीय रण बहादुर चलाउने ।

५. नुवाकोटको बिदुर नगरपालिका–१० बस्ने २६ वर्षीय नवराज मोक्तान ।

६. नुवाकोटको बिदुर नगरपालिका– १० बस्ने एक वर्षीय विश्वास मोक्तान ।

७. दाङको तुलसीपुर उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय शरद ओली ।

८. दाङको शान्तिनगर–३ बस्ने २७ वर्षीया समिक्षा गाहा ।

९. दाङको घोराही–९ बस्ने १७ वर्षीय राहुल शाह ।

१०. दाङको घोराही उपमहानगरपालिका–९ बस्ने २० वर्षीया मनिका योगी ।

११. दाङको बबई गाउँपालिका–५ बस्ने २७ वर्षीया देबीका बि.एम (बुढामगर) ।

१२. सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीय शिव नारायण रजत ।

१३. सप्तरीको राजविराज–१२ बस्ने ६० वर्षीया ललिता देवी रजत ।

कमेन्ट गर्नुहोस्