
तिलोत्तमा सिटी, २०८० मंसिर,१ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा तेस्रो औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ । शुक्रबार मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले गरेका छन् । स्वदेशी तथा स्थानीय उत्पादनलाई प्रोत्साहन, बजारीकरण, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवद्र्धनका लागि मेला आयोजना गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले जानकारी दिए । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आईटी लगायत विभिन्न प्रकृतिका तीन सय स्टलहरू रहेक उनले बताए । १२ मंसिरसम्म सञ्चालन हुने मेलामा ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस्