लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

टोपराज शर्मालाई ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार

IMG

तिलोत्तमा , कार्तिक २५ गते २०८०। ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार पत्रकार टोपराज शर्मालाई प्रदान गरिएको छ ।तिलोत्तमा मिडिया क्लवले नेपालीहरुका विभिन्न चाडपर्वहरुका अवसरमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा पत्रकार शर्मालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।२५ हजार राशीको उक्त “ज्ञानकाशी स्मृती पत्रकारिता पुरस्कार” क्लवका प्रमुख सल्लाहकार एवं वरिष्ठ पत्रकार मोहन चापागाईंसँगको सहकार्यमा क्लवले स्थापना गरेको हो। क्लवले २०७९ सालको पत्रकारिता पुरस्कारबाट शर्मालाई पुरस्कृत गरेको हो । उनले यस अघि चलचित्र पत्रकारिता पुरष्कार २०७९ समेत पाएका थिए। 


शर्मालाई पुरस्कृत गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले पुरस्कारको गरिमालाई जोगाएर पत्रकारितामा अझै सशक्त ढंगले कलम चलाउन आग्रह गरे । उनले पत्रकारिता समाजको ऐना भएको भन्दै पत्रकारिताका माध्यमबाट उजागर गरिने विषयले समाजलाई सही दिशा निर्देश गर्न सक्नुपर्ने बताए ।तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले सञ्चार जगतको हातमा महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै सत्यतथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरे ।


पुरस्कारका संस्थापक मोहन चापागाईंले आफूले नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य, सामुदायिक रेडियो प्रसारक संघको केन्द्रीय अध्यक्ष हुँदा पाएको बैठक भत्ता बापतको रकमबाट पुरस्कारलाई तिलोत्तमा मिडिया क्लवसँग सहकार्य गरेको भन्दै आगामी दिनमा पनि अरु सामाजिक क्षेत्रमा पुरस्कारलाई बिस्तार गर्ने योजना रहेको बताए ।नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले तिलोत्तमा मिडिया क्लवले प्रदान गरेका हालसम्मका दुईवटा पुरस्कार विवादरहित रहेको भन्दै यस्तै निष्पक्षतालाई कायम राख्दै अघि बढ्न सुझाव दिए ।

कमेन्ट गर्नुहोस्