लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चितवनको सयपत्री र मखमली फूल हङकङ निर्यात हुने

tillotmacitynews - 2023 Nov 09 12:35 PM
IMG

तिलोत्तमा सिटी, २३ कात्तिक २०८०।  चिवतनमा उत्पादित सयपत्री र मखमली फूल तथा माला हङकङ निर्यात हुने भएको छ । माला र फूल हङकड लैजानका लागि बिहीबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ । कालिका नगर पालिकाका प्रमुख विनोद ढकालले व्यवसायी कमल सुवेदीलाई केही माला र फूल हस्तान्तरण गर्दै माला र फूल हङकड लैजाने कार्यको शुभारम्भ गराउनुभएको हो ।


कालिका नगरपालिकाको पदमपुरमा फूलबारी फर्म नेपालले उत्पादन गरेका सयपत्री र मखमली माला हङकड निर्यात गर्न लागिएको हो । फर्मका सञ्चालक गोविन्द वास्तोलाले पहिलो पटक छ सय सयपत्री र चार सय मखमली गरी हजार माला र दुई क्विटल सयपत्री फूल निर्यात गर्न लागिएको जानकारी दिनुभयो । “औपचारिक रुपमा आज हस्तान्तरण गरिएको माला र फूल भोली मात्रै हवाई जहाज मार्फत हङकड पठाइनेछ”, बास्तोलाले भन्नुभयो । माला हङकड निर्यात गर्ने व्यवसायी कमल सुवेदीले हङकङमा नेपाली फूल र मालाको माग बढ्दो रहेको बताउनुभयो ।


“गुणस्तरीय माला उत्पादन गर्न सके हङकङ मात्रै हैन नेपालीहरु बसेका विश्वका जुनसुकै देशमा पनि सयपत्री र मखमली फूल लैजान सकिन्छ”, उहाँले भन्नुभयो । नेपालमा औषत ४५० रुपियाँ किलो खरिद गरिने फूललाई एयर कार्गो गरेर नै लगिने उहाँले जनाउनुयभो । फूललाई लैजाँदा प्याकेजिङमै विशेष ध्यान दिनुपर्ने उहाँले जनाउनुभयो ।


कालिका नगरपालिकाका प्रमुख विनोद ढकालले नेपालबाट फूल निर्यात हुनु राम्रो भएको बताउनुभयो ।“भारतीय फूल नेपालमा भित्रिरहेका बेला नेपाली फूलले विश्व बजार खोज्नु स्वाभाविक हो”, उहाँले भन्नुभयो । फर्मले पदमपुरमा तीन बिघा पाँच कठ्ठा क्षेत्रफलमा फूलखेती गरेको छ ।

कमेन्ट गर्नुहोस्