
तिलोत्तमा , कार्तिक २३ गते २०८०। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा पुगेर भूकम्पप्रभावित क्षेत्रका बासिन्दाका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। मंगलबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका पुगेको तिलोत्तमा नगरपालिकाको नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठ सहितको टोलीले रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका सुष्मा बुढालाई हस्तान्तरण गरेको हो। राहत सामग्री लिएर तिलोत्तमा नगरपालिकाबाट जाजरकोट पहिल्यै दिन स्वास्थ्यकर्मीको टोलीले औषधि, त्रिपाल, तयारी खाजा लिएर गएको थियो भने यता रुकुम पश्चिमतर्फ नगर प्रहरी इन्चार्ज श्रेष्ठ रुकुम पश्चिमको मुसिकोट पुगेका हुन्।
तिलोत्तमा नगरपालिकामा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार नगरपालिकाले सोमबार राती पठाएको चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट, कपडा, खाजा खाना, चाउचाउ दालमोठ र म्याट गरी एक ट्रक सामान लगेर जिल्ला प्रसासनको अनुमतिमा मंगलबार हस्तान्तरण गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए।
नगरपालिकाले राहत कोषमा १० लाख रुपैयाँ पठाएको छ भने अन्य सहयोग रकम समेत सहयोगीहरुमा आब्हान गरेको छ। सो भुकम्प प्रभावित क्षेत्रको मागअनुसार खाद्यान्न र लत्ताकपडा पठाइएको नगर प्रमुख रामकृष्ण खाणले बताए। तिलोत्तमा भित्रका संघ संस्था व्यक्तिहरुलाई सहयोग को आब्हान गर्दै एकद्वार प्रणालीमार्फत राहत सामग्री पठाउने व्यवस्था भएकाले सोहीअनुसार गर्नका लागि नगर उपप्रमुख जगेश्वर देवी चौधरीले अपिल गरेकी छिन। जसका लागि नगरपालिकाले विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीलाई फोकल पर्सन तोकेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।
कमेन्ट गर्नुहोस्