लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहिन महिला संघ नेपालले गर्यो तिलोत्तमामा कार्ययोजना तर्जुमा

IMG

तिलोत्तमा १९ कार्तिक २०८०। अपाङ्गता भएका महिलाहरुको अधिकार प्रबर्धनार्थ सरोकारवालाहरुबीच नेत्रहिन महिला संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १ दिने कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। अपाङ्गता अधिकार कोषको आर्थिक सहायतामा महिला तथा बालबालिका बिभागको उपस्थितिमा सो कार्ययोजना तर्जुमा गरिएको हो। नगरपालिकाको सभाहलमा एक कार्यक्रम विच सम्पन्न कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको अधिकारका विषयमा छलफल भएको थियो। अपाङ्गता भएका महिलाहरुको अधिकारका सम्बन्धमा संयुत राष्टिय महासन्धि ( UNCRPO) र दिगो विकास लक्ष्य (SDG)मा उल्लेखित अधिकारहरुको सन्द्रर्भमा स्थानिय स्थानिय सरोकारले गर्नु पर्ने भुमिकाका विषयमा छफभल भएको थियो।


कार्ययोजना तर्जुमा कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा सुविधा दिनुका साथै आत्मा निर्भर हुने सिपको विकास गर्नुपर्ने बताउनुभयो। सरकारले प्रदान गरेको रातो ,पहेको ,निलो कार्डबाट दिएको भत्ताले कसैको जिवन निर्भर हुन सक्दैन क्षमता अभिवृद्धि गरि आयमुलक कार्यमा लगाउने र रोजगारी सिर्जना गर्न सरकारले निति नै बनाउन पर्ने उहाँको भनाई थियो।तिलोत्तमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई मध्यनजर गर्दै निति तथा कार्यक्रममा नै बनाएको पनि खाणले बताउनुभयो।


सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवि चौधरीले वडातहबाट अपाङ्गता भएका व्यक्तिको सिफारिस गर्दा ध्यान पुर्वक निति निमय पुर्वक सिफारिस गर्न आग्रह गगर्दै नगरपालिकाले बनाएको निति भन्दा बाहिर रहेर काम नगर्न र क्षमता अभिवृद्धिमा सबै सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो।नगरपालिकाका वडा अध्यक्ष सरोकारवाला संघ संस्थाका प्रतिनिधी एबम कार्यपालिका सदस्यहरु बीच गरिएको सो कार्यक्रममा अपाङ्गता भएका महिलाहरुको हक अधिकार र समान पहुँचको लागि सबैको साथ् र सहयोग जरुरि रहेको सरोकारवालाहरुको जोड थियो। कार्यक्रम कार्ययोजना तर्जुमाबारे सहजीकरण गर्दै महिला तथा बालबालिका बिभागका निर्देशक निरा अधिकारीले जनप्रतिनिधिले राखेका जिज्ञासा समेत समाधान गर्दै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।


संघका अध्यक्ष सिता सुबेदीको अध्य्क्षतामा सम्पन्न सो कार्यक्रममा महासचिव अनिता सिग्देलले नेत्रहिन महिला हरुको अवस्था र स्थानिय तहमा उनीहरुको पहुँचको बिषयमा अध्ययन प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम अनुसार तिलोत्तमा नगरपालिका भित्र रहेका नेत्रहिन महिलाहरुको लागि संघले बिस्तृत कार्ययोजना तयार गरि कार्य गर्ने बताइएको छ।


कमेन्ट गर्नुहोस्