लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको जनप्रिय वडाध्यक्ष, जसले लिदैनन तलव र भत्ता

IMG

तिलोत्तमा १० कार्तिक २०८०।  तिलोत्तमा नगरपालिका रुपन्देही जिल्लामा मात्र होइन देशैभरिका स्थानिय निकाय मध्ये उत्कृष्ट नगरपालिकामा गनिन्छ । यस मध्ये तिलोत्तामाकै  वडा नं. ६ अर्को उदाहरणीय वडाको रुपमा चिनिन्छ । हालका वडा अध्यक्ष गणेश पाठक आफु निर्वाचित भएर आएपछि आफुले पाउने तलव र भत्ता सामाजिक सेवामा लगाइरहनु भएको छ। उनले नगरपालिकाको तलव र भत्ता मात्रै होइन, कुनै बाहिरि कार्यक्रममा बोलाउदा आफुले पाउने पारिश्रमिक समेत सामाजिक सेवामा लगाउनुभएको छ।  तिलोत्तमामै पहिलो पटक आफ्नो वडाको ६ वटा व्यस्त चोकमा शुद्ध खानेपानीको राम्रो प्रबन्ध सहित शितल जलको प्रबन्ध गर्नुभयो। वडाका विकास निर्माण चुस्त र प्रभावकारी रुपमा अगाडि बढाई शिक्षा,  स्वास्थ्य, सामाजिक सद्भावका क्षेत्रका साथै जनताको दु:ख सुखमा प्रत्यक्ष सहभागीभै आवश्यक सहयोग पुर्‍याउने समेत उहाँको विशेषता रहेको छ । 


वडा कार्यालयमा आउने सेवाग्राहीहरुको सुविधाका लागि आफ्नै पारिश्रमिकबाट दुईजना सहयोगी कर्मचारी राखिदिनुभै विभिन्न फारम, निवेदन र फोटोकपी गर्नका लागि लेखनदास राख्ने परम्परा तोडेर नि:शुल्क सेवा उपलब्ध गराउनु भएको छ, भने अशक्त, वृद्ध वृद्धाहरुको सामाजिक सुरक्षा (वृद्धभत्ता) र अन्य आवश्यक कागजात तयार गर्न आफू तथा आफ्नो टीम घरघरमै पुगेर सेवा प्रदान गर्नुभएको छ । युवा, महिला तथा बालबालिकाहरुको व्यक्तित्व विकास, दुर्व्यसन निरुत्साहन र सनातन धर्म संस्कृती र धार्मिक सम्पदाहरुको संरक्षणमा विशेष लगाव रहेको पाइन्छ ।उहाँ भन्नुहुन्छ : मेरो उमेर र सामाजिक लगाव ले दिएअ सम्म र बजेट पुगेसम्म मेरै कार्यकालमा वडा नम्बर ६ लाई समृद्ध र खुसि जनताको वडा बनाउन चाहन्छु, बिकास निर्माणमा सबैको सहयोग रहनु जरुरी छ, मेरो हरेक २४ घण्टा वडाकै समग्र बिकासमा निहित रहन्छ। वडा भित्र केहि समस्या भए या नराम्रो कुरा भए मलाई भन्नुहोला , राम्रो कुरा सारा संसारलाई बताउनुहोला।  

कमेन्ट गर्नुहोस्