लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा एकसाथ ३ घरमा चोरी, ५ तोला बढी सुन र नगद चोरी

IMG

तिलोत्तमा ९ कार्तिक २०८०।  रुपन्देहीको तिलोत्तमामा दशैंको समयमा एकसाथ ३ घरमा चोरी भएको छ । तिलोत्तमा-७ मा भलवारीमा कार्तिक ७ गते मँगलबार चोरीको घटना भएको ईलाका प्रहरी कार्यालय मँगलापुरले जनाएको छ ।दशैको दिन साँझ ३ घरबाट ५ तोला बढी सुनका गरगहँना तथा नगद चोरी भएको प्रहरीले जनाएको छ । दशैमा टीका थाप्न आफन्तको घरमा गएको मौका छोपी स्थानीय अनिशा गुरुङको घरबाट ५ तोला र धालबहादुर श्रीसको घरबाट २५ लालको गरगहँना चोरी भएको हो । यसैगरी ओमबहादुर क्षेत्रीको घरबाट ३० हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।


रातको समयमा घरमा कोही नभएको मौका छोपी मूल गेट नाघेर भित्र प्रवेश गरि चोरी भएको ईलाका प्रहरी कार्यालय मँगलापुरका प्रहरी सहायक निरीक्षक लोकनाथ पाण्डेले जानकारी दिए । घटना बारे थप अनुसन्धान गरि चोरी गर्नेको खोजी कार्य जारी रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्