
तिलोत्तमा, कार्तिक ३ गते २०८०। पछिल्लो समय चाडबाड मनाउने प्रचलन भड्किलो हुँदै गएको सरोकारवालाहरुले जनाएका छन्। हुँदा खाने र हुनेखाने बर्ग बिचको खाडल चाडबाड मनाउने सस्कारले पुर्नुपर्ने भन्दै देखासिकी गरेर चाड नमनाउन एक कार्यक्रममा सहभागीहरुले आग्रह गरेका छन्। बिजया दशमी शुभ दिपावली छठ पर्व तथा नेपाल सम्बतको अवसरमा तिलोत्तमा नगरपालिकाको आयोजनामा भएको एक शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित सहभागीहरुले सो कुरा बताएका हुन्। तिलोत्तमाका वडा अध्यक्ष, कार्यपालिका सदस्य,जनप्रतिनिधी,यस क्षेत्रका राजनीतिक दल, उद्योग,व्यवसायी, खानेपान्नी , बन , सरसफाई, कृषक, बिद्यालयका प्रतिनिधी, व्यापारिक संघ सस्था तथा बुद्धिजीवी, पत्रकार एबम सरोकारवाला बीच शुभकामना आदानप्रदान गरिएको थियो।
सो अवसरमा बोल्दै नगरप्रमुख रामकृष्ण खाणले चाडबाडमा हुने सस्कृति, स्वास्थ्य र एकता तथा सहिष्णुताले समाज बिकासमा टेवा पुगेन हुँदा सबैले मान्न सक्ने तरिकाले चाड मनाउन आग्रह गर्नुभयो। शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले चाडबाडको बेला हुन सक्ने जोखिम, चोरी,लुटपाट,अपराधका घटना न्यूनीकरण गर्न घरको सुरक्षाका उपाय अपनाउन आग्रह गर्नुभयो। उहाँले घर वरपर हुनसक्ने त्यस्ता घटनाबाट बच्न आफु सजग हुनुपर्ने भन्दै देखासिकी र भड्किलो रुपमा चाड मनाउने प्रबृत्तिको अन्त्य गर्नुपर्ने बताउनुभयो।
सरोकारवालाहरुको बाहुल्य उपस्थिति रहेको सो कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले चादबाड मनाउन अरुलाई असर नपर्ने र आफुले चाड मनाउँदा छिमेकमा असर नगर्ने तरिकाले मनाउन आग्रह गर्नुभयो। नगरबासीको सुस्वास्थ्यता को लागि खाद्यान्न बिक्रि बितरण र खरिद गर्दा समेत ग्राहपानी सजग हुनुपर्ने उहाँले बताउनुभयो। सो अवसरमा नेपाली कांग्रेसका नगर सभापती हरिलाल पाण्डे, नेकपा एमालेका नेत्रलाल बन,नेकपा माओबादीका बेल प्रसाद शर्मा, जनमुक्ति पार्टी, राप्रपा,जसपा, रास्वपा,जनमोर्चा लगायतका पार्टीका अध्यक्ष तथा प्रतिनिधी, एबम खानेपानीका केशवराज न्यौपाने, बन समिति, लगायतका संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना साटासाट गर्दै महान चाडको भव्य र सभ्य मनाउन सबै नगरबासीहरुमा आग्रह गरेका थिए। कार्यपालिका सदस्य राधा शाही ठकुरीको स्वागतमा भएको कार्यक्रमको संचालन सिता भण्डारीले गर्नुभएको थियो।
कमेन्ट गर्नुहोस्