
तिलोत्तमा, असोज २७ गते २०८०। नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं.२ को सभापतिमा प्रजापाल गिरी बिजयी भएका छन् । अन्तिम परिणाम अनुसार सभापति पदमा गिरीले ३४६ मत पाए भने प्रतिस्पर्धी परशुराम ढकालले २४५ मत मात्र पाए ।सहसचिवमा २९७ मत सहित संगीता गौतम अर्याल बिजयी भइन् भने प्रतिस्पर्धी विष्णु प्रसाद चापागाईले २८९ मत मात्र पाए ।क्षेत्रीय सभापति हरी लम्सालले पार्टीबाट राजिनामा दिएपछि सभापति पद रिक्त थियो । रिक्त पदमा आज उपनिर्वाचन भएको हो । गिरी पार्टीको १४ औं महाधिवेशनबाट उहाँ क्षेत्रीय सचिव पदमा निर्वाचित भएका थिए ।
कमेन्ट गर्नुहोस्