
तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवे तथा बुद्धपरिपथमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख स्ने ६ जनालाई जनही ५ हजारका दरले ३० हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख प्रती अनावश्यक अफवाह फैलाई घर अगाडीको रुख काट्ने ६ जनालाई ५/५ हजारका दरले जरिवाना गरेको हो। पहिलो पटक भन्दै ५ हजारका दरले रुख काट्ने ६ जनालाई कारबाही गरिएको तिलोत्तमा नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले बताए।
नगरपालिकाले मुख्य सडकखण्ड सिक्सलेनको दायाँ बायाँ तथा बुद्ध परिपथमा लगाइएको एस्टोनिया सम्बन्धी नचाहिने हल्ला फिजाएको भन्दै ध्यानाकर्षण सहित सुचना समेत जारी गरेको छ।सो बारे तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एबंम बाताबरण तथा बिपत ब्यबस्थापन समितिका संयोजक सुरेन्द्र श्री ले नचाहिने अफवाहका पछाडी नलाग्न र सुन्दर हरियाली सफा नगर बनाउने अभियानमा जोडिन सबैलाई आग्रह समेत गर्नु भयो। उहाँले ५ बर्ष अघि सबैको अग्रसरतामा बृक्षारोपण गरि हुर्काइएको बाताबरणमैत्री बिरुवाहरु मास्न नहुने पनि बताउनुभएको छ। नगरको सौन्दर्यता र शोभा बढाइरहेको, हरियाली प्रबर्द्धन र नगर सरसफाईसंग सम्बन्धित रुख बिरुवा नस्ट गर्ने जो कसैलाई कानुन अनुसार कारबाही गरिने बाताबरण शाखाका अधिकृत गोरखनाथ खनालले बताए।एक पटकलाई भनेर ५ हजारका दरले जरिवाना गरेका हौ, अब यस्तो गर्ने लाई जरिवाना सहित थप कारबाही अगाडी बढाउने उनको भनाई छ।
कमेन्ट गर्नुहोस्