लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मचारी आन्दोलन : तिलोत्तमाका कर्मचारीद्वारा सेवा ठप्प, वडा अनुगमन

IMG

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलित हुँदै वडा अनुगमनमा गएका छन्। आफ्ना विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीले वडाबाट सेवा भैरहेको गुनासो सुनेपछि अनुगमन गर्दै वडा कार्यालयबाट हुने कामकाज ठप्प पारेका छन्।


कर्मचारीहरुले स्थानिय तह देखी केन्द्रसम्म पेनडाउन गरेका छन् । काठमान्डौमा चर्किएको आन्दोलनसंगै तिलोत्तमाका स्थानिय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल एकिकृत कर्मचारी ऐन जारी गर्न दबाबमूलक कार्यक्रम गरिरहेका छन्। सोही क्रममा बिहिबार आन्दोलनलाई थप सशक्त बनाउने र नगरपालिका देखि सबै वडा कार्यालयहरुमा अत्यावश्यक काम बाहेक सबै सेवा तथा कामकाज ठप्प पार्ने निर्णय गरेका छन्। वडा अनुगमनमा हिडेका कर्मचारीहरुले सरकारद्वारा बार्ता गरि माग पुरा नभए आन्दोलन थप चर्काउने बताएका छन्। 

कमेन्ट गर्नुहोस्