लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मचारी आन्दोलन : तिलोत्तमामा थप सशक्त बनाउने, सेवा ठप्प

IMG

तिलोत्तमा, असोज २४ गते २०८०। संघीय निजामति ऎनको सट्टा एकिकृत निजामति सेवा ऐन जारी गर्नुपर्ने लगाएतका ११ बुदे माग राख्दै रुपन्देहीको तिलोत्तमा नगरपालिकाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।आफ्ना विभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिएका कर्मचारीले माग सम्बोधन गर्न भन्दै स्थानिय तह देखी केन्द्रसम्म पेनडाउन गरेका छन् । काठमान्डौमा चर्किएको आन्दोलनसंगै तिलोत्तमाका स्थानिय तह कर्मचारी संघर्ष समितिले संघीय निजामति सेवा ऐनमा स्थानीय तहमा कार्यरत कर्मचारीहरुका विभिन्न माग समावेश गरी तत्काल एकिकृत कर्मचारी ऐन जारी गर्न दबाबमूलक कार्यक्रम गरिरहेका छन्। सोही क्रममा बुधबार आन्दोलनलाई थप शशक्त बनाउने र नगरपालिका देखि सबै वडा कार्यालयहरुमा अत्यावश्यक काम बाहेक सबै सेवा ठप्प पार्ने निर्णय गरेका छन्। माग पुरा नभए आन्दोलन अझै चकाउने कर्मचारीहरु बताउछन। 

केन्द्रीय कार्यतालिका बमोजिम केन्द्रमा उपस्थित हुन सहजताको लागि सबै कर्मचारी ले  सहयोग गर्ने प्रतिबद्धता समेत गर्दै बिहिबार देखि हरेक कार्यालयको कर्मचारीहरुले अनिवार्य उपस्थितिमा आन्दोलन अगाडी बढाउने र सेवा ठप्प पर्ने वडा सचिव सेमत रहेका कृष्ण बहादुर खातीले बताए। 

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवाको रहने व्यवस्था गरिनुपर्ने, निजामतिको परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, बिना सहमति ७५३ स्थानीय तहमा स्वचालित वैज्ञानिक पुर्वानुमानयोग्य र चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने, स्थानीय तहका कर्मचारीहरुको समान वृति विकासको व्यवस्था गरिनुपर्ने, कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनुपर्ने, स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई निजामति सेवामा समावेश गरिनुपर्ने लगायतका माग राख्दै कर्मचारी आन्दोलित भएका छन् ।

कमेन्ट गर्नुहोस्