
तिलोत्तमा, असोज २३ गते २०८०।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले हाइवेमा लगाइएका छतिवन ( एस्टोनिया ) को रुख मास्नेलाई १५ हजार जरिवानासहित एक पटकलाई सजग गराएको छ। रुख प्रती अनावश्यक अफवाह फैलाई घरागादिको रुख काट्ने छिमेकी सहित ३ जनालाई ५/५ हजारका दरले जरिवाना गरेको छ। पहिलो पटक भन्दै ५ हजारका दरले रुख काट्ने ३ जनालाई कारबाही गरिएको तिलोत्तमा नगर प्रहरी इन्चार्ज नर प्रसाद श्रेष्ठले बताए।
नगरपालिकाले मुख्य सडकखण्ड सिक्सलेनको दायाँ बायाँ तथा बुद्ध परिपथमा लगाइएको एस्टोनिया सम्बन्धी नचाहिने हल्ला फिजाएको भन्दै ध्यानाकर्षण समेत गराएको छ। नगरको सौन्दर्यता र शोभा बढाइरहेको, हरियाली प्रबर्द्धन र नगर सरसफाईसंग सम्बन्धित रुख बिरुवा नस्ट गर्ने जो कसैलाई कानुन अनुसार कारबाही गरिने बाताबरण शाखाका अधिकृत गोरखनाथ खनालले बताए।एक पटकलाई भनेर ५ हजारका दरले जरिवाना गरेका हौ, अब यस्तो गर्ने लाई जरिवाना सहित थप कारबाही अगाडी बढाउने उनको भनाई छ। तिलोत्तमाको नयाँमिल देखि तल घर अगाडिको १ वटा रुख काटेबपत सो जरिवाना गरिएको थियो ।
कमेन्ट गर्नुहोस्