लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आफ्नै गृह जिल्लाको सडकमा डा. बाबुराम भट्टराईको गाडी फसेपछि ...

tillotmacitynews - 2023 Oct 08 12:33 PM
IMG

 तिलोत्तमा,असोज २१  गते। वर्षा याममा ग्रामीण सडकको अवस्थाबारे तपाइँ हामी जानकार नै छौँ । सडकको अवस्था जीर्ण हुँदा पनि स्तरोन्नति नभएपछि नागरिकहरू नेतालाई गाली गर्दै यात्रा गरिरहेको भेटिन्छन् । तर नेताहरू नै यस्ता सडकमा फसे भने के भन्छन् होला ? हालै आफ्नो गृह जिल्लाको सडकमा पूर्व प्रधानमन्त्री तथा नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईको गाडी फस्न पुग्यो । हिलाम्मे सडकमा गाडी फसेको तस्बिरसहित डा. भट्टराईले सामाजिक सञ्जालमा दुखेसो पोखेका छन् । गोरखाको भीमसेन गाउँपालिका–६ रिपमा उनको गाडी फसेको हो । गाडी फसेपछि पैदल नै उनी अगाडि बढेको तस्बिरमा देख्न सकिन्छ । 


सामाजिक सञ्जालमा उनले लेखेका छन् -'गोरखा भीमसेन गापा-६ रिपमा पटक पटक गाडी फसेको कटु अनुभव ! ग्रामीण क्षेत्रका प्रायः सडकको अवस्था यस्तै !'

कमेन्ट गर्नुहोस्